
भूटानी शरणार्थी शिविर शनिश्चरेदेखि प्रकाशन भएको खबर पत्रिका प्रकाशन समूहले आफ्नो टिमलाई पुन गठन गरेर एक अनलाइन कार्यक्रम संचालन गर्ने भएको छ । सो पत्रिकाको प्रकाशन समूहका सम्पूर्ण सहकर्मीहरु तेस्रो मुलुक पुनर्वास भएर तेस्रो मुलुकमा पुनर्वासित भएका छन् । पुनर्वास भएपछि पुन: गठित भएर अनलाइन कार्यक्रम संचालन गर्ने खबर प्रकाशन समिति अध्यक्ष हर्कपल सुब्बाले बताए । मोरन्जनमुलक कार्यक्रम संचालन गर्ने योजना भइरहेको सुब्बाले खबर पत्रिकाका पुर्व सहकर्मीहरुलाई सो कार्यक्रममा सहभागी भएर आफ्नो प्रस्तुती प्रस्तुत गर्न अनुरोध गरेका छन् । चाडै प्रकाशन हुन लागेको कार्यक्रममा सरण बस्नेत सम्पादन रहने अध्यक्ष सुब्बाले बताए । 'कार्यक्रमको नाम' के राख्ने अनि कुन-कुन क्षेत्र समावेश गर्ने भन्ने विषयमा समितिभित्र छलपल भइरहेको सुब्बाले बताए । भूटानी समुदायलाई समेट्दै सबै समुदायलाई मध्यनजर गर्दै कार्यक्रम प्रस्तुत गर्ने सो समितिले बताएको छ ।