Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बाह्र जुवाडे पक्राउ

विराटनगर १ कार्तिक । मोरङ प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विराटनगरबाट १२ जनालाई पक्राउ गरेको छ ।

जुवातास नियन्त्रण गर्न मोरङ प्रहरीले स्थानीयलाई नै आव्हान गरेपछि विराटनगर–६ स्थित सम्झना चोकबाट–७ जना र विराटनगर–१४ स्थित गुद्रीबाट ५ जनालाई करिब ६६ हजार रुपैंया र ताससहित पक्राउ गरिएको हो । जुवातास नियन्त्रण गर्न आफन्तले नै फोन गरेर प्रहरीलाई जानकारी दिएपछि प्रहरी जुवाडेलाई पक्राउ गर्न सफल भएको हो । नियन्त्रणमा लिइएका ब्यक्तिलाई तीन दिनको म्याद थप गरेर राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवा ऐन अनुसार कारवाही चलाइएको मोरङ प्रहरी प्रमुख सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा विराटनगर –६ का वक्रबहादुर तामाङ, भैरव पराजुली, अर्जुन कार्की, केशव उपाध्याय, सुजित काफ्ले, जितबहादुर बस्नेत र सुनसरी बेलगछियाका कालीप्रसाद थारु रहेका छन् । यसैगरी विराटनगर–१४ का समन सहनी, मोहम्मद रिजवान, मोहम्मद सुमरानी, सोनी सहनी र रंजित सहनी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा केही सरकारी कर्मचारीहरु समेत परेको बताइएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget