Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

व्यवस्थापिका संसद्को बैठक बस्दै

काठमाडौं,७ कात्तिक  । व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गर्दै आजसम्मका लागि स्थगित गरेकी थिइन् ।

संसद्मा महाअभियोगको प्रस्ताव पेश भएपछि प्रारम्भिक छलफल हुने छ । त्यसपछि बैठकले प्रस्तावमाथि अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउने छ । समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र संसद्मा अनुसन्धान प्रतिवेदन पठाउने छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget