Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

क्षेत्रीय प्रमुख यादवले घुस रकम माग्न थालेपछि निगमका विक्रेताहरु आन्दोलित

विराटनगर १ कार्तिक । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले निगमका विक्रेताहरुसँग  अतिरिक्त घुस रकम माग्न थालेपछि निगमका विक्रेताहरु आन्दोलित भएका छन । सहज ढङबाट तेल उपलब्ध गराउन नसक्ने भन्दै प्रमखु यादवले  विक्रेताहरुसँग अतिरिक्त रकम घुस माग गरि घुस रकम अशुल्न थालेपछि  बिक्रेताहरुले यादवको सरुवाको माग गरेका हुन । 


निगमको विभिन्न डिपोमा रहदा करडौ रुपैया भष्ट्रचार गरेर कार्वाहीमा परेका प्रमुख यादवले विराटनगरमा पनि ताण्डव नृत्य देखाउन थालेको  बिक्रेताहरुको आरोप छ । एक विक्रेताका अनुसार अमलेखगञ्ज डिपो प्रमुख भएर रहदा यादवले तेल चोरी गरेको  अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई कार्वाही गरेको थियो । अख्तियारले मुद्धा चलाएपछि उनी ३ बर्षसम्म निलम्वनमा परेका हुन  । त्यस अनियमितता काण्डमा निगमलाई ३ करोड रुपैया घाटा पुर्याएका थिए । यादव सहित २२ जना कर्मचारी समेत निलम्वनमा परेका थिए  ।  अमलेखगञ्जमा रहदा २० किलो लिटर डिजेलले भरिएको गाडी वाहिरै सेटिङ गरेर बिक्री गरि उनले टयाङकरको सट्टामा  पानी भराएका थिए ।  काण्ड बजारमा आएपछि उनी माथी अख्तियारले कार्वाही गरेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी काममा फर्केका हुन। सो काण्डपछि उनी भैरवाहा डिपो गएका हुन । उनको मुद्धा अझै टुंगिएको छैन । निगमको ३ करोड रुपैया घाटा यादवले तिर्न वाँकी नै छ । विराटनगर सरुवाका लागी डाँक वडावड गरि आएका यादवले प्रमुख भएर बसेका सवै कार्यालयहरुमा काण्ड मच्चाएरै चर्चामा आएको थाहा हुन आएको छ । भारतले नाकावन्दी गरेको समयमा भैरवाहा डिपो प्रमुख भएर बस्दा उनले तेल भरिएको टयाङकरनै बाहिर बिक्री गर्न लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । यस्तै प्रत्येक गाडीबाट २ हजार लिटरसम्म तेल बाहिरै निकालि  बिक्री गर्दा डिपोमा टेम्प्रेजर र वर्किङ लस परिक्षण गरिहेर्दा लक्ष्य भन्दा दशौ गुणा कम पाईएको थियो । यो धन्धा उनले छ महिना सम्म चलाएका थिए । निगमले टेमप्रेजर र वर्किङ लसको लागी एउटा लक्ष्य दिएको हुन्छ । तर त्यो लक्ष्य भन्दा सयौ गुणा कम परिमाणकोे तेल पाईएको थियो । कालो बजारी र अनियमितता गरेको विरोधमा डिलर एशोसिएनले विज्ञप्तिनै जारी गरि सरुवाको माग गरेको थियो । पछि भैरवाहाका प्रमुख जिल्ला अधिकारीले समेत कार्वाही गरेपछि तत्कालीन मन्त्री नारायण सिह पूनले उनलाई केन्द्रमा तानेका थिए । 
अवैध धन्धा कमाउन चतुर मानिएका विवादास्पद यादवले मन्त्रीदेखी केन्द्र सम्म पुर्याउनु पर्छ भन्दै  निगमका बिक्रेताहरुसँग घुस लिईरहेका छन  ।  नौ तहमा कार्यरत यादव दशौतहमा बढुवा हुने बरिष्ठ अधिकृत हुन । तर उनले बढुवाको फारमनै भरेनन । नौ तह भएर बस्दा डिपो प्रमुख हुन नपाईने निगमको व्यवस्था  छ । दश तहमा बढुवा हुन चाहाना नगरि उनी नौ तहमै रहेर डिपो प्रमुख हुन चाहान्छन । 
कार्वाहीमा परेर पनि निगमको आर्कषक डिपोमा सरुवा हुँदै आएका यादवले मन्त्री दिपक वोहरा देखी जिएम गोपाल बहादुर खडकालाई समेत महिनावारी बुझाउने गरेको स्रोतको भनाई छ । आफु विराटनगर डिपोमै टिकी रहनका  लागी निगमको वितरण विभाग , कर्मचारी प्रशासन विभाग र डिजीएमलाई समेत महिनावारी बुझाउने गरेको बुझिएको छ । उनले विराटनगर सरुवाका लागी प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई अनिल पाठकलाई भनसुन गराएर आएका हुन । यस बिषयमा प्रमुख यादवसँग सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन मानेनन । उनले भने म व्यक्तीगत काममा छु , कार्यालय समयमा मलाई भोली सम्पर्क गर्नु होला । म अहिले केही बोल्न चाहादिन । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget