विराटनगर ७ कात्तिक । झापा र मोरङमा शनिबार भएको सवारी दुर्घटनामा पाँचजना जना घाइते भएका छन्।
मोरङको उर्लाबारी २ स्थित भित्री सडक खण्डमा को २४ प ९०४८ नम्बरको मोटरसाइकल र को २ त ३६६३ नम्बरको ट्याक्टर आपसमा ठोक्किदा मोटरसाइकल चालक मधुमल्ला २का टंक श्रेष्ठ, पछाडी सवार सोही ठाउँका बिर बहादुर श्रेष्ठ अविनारायण श्रेष्ठ घाईते भएका छन्।
घाइते तीनै जनाको अरनिको अस्पताल उर्लाबारीमा लगिएकोमा अविनारायण श्रेष्ठलाई थप उपचारको लागि विएण्डसी अस्पताल विर्तामोड लगिएको छ भने ट्याक्टरका चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।
उता झापाको धाईजन ६ शहरेडागीमा मे १ ह १९१४ नम्बरको टेम्पोले सोही दिशाबाट आउदै गरेको मे १ प १८४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल चालक इलाम ईरौटार ४ बस्ने राज कुमार मुखिया र पछाडी सवार सोही ठाउँका हेम कुमार मगर घाइते भएका छन्।
घाइते दुवैको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । टेम्पोका चालक फरार रहेकाले खोजी कार्य भइरहेको पुर्वक्षेत्रिय प्रहरी कार्यलय विराटनगरले जनाएको छ।