सुनसरी, ५ कात्तिक । सुनसरीको छुट्टा छुट्टै स्थानबाट भन्सार छलेको २ लाख ३५ हजार बराबरको सामान प्रहरीले बरामद गरी भन्सारलाई बुझाएको छ ।
प्रहरी चौकी हरिपुरलेबाट खटिएको प्रहरीको टोलीले ५८ थान साडी, ६७ थान कुर्ता सलवार, २० थान लेडिज ब्याग बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बबिया चोकबाट ५ थान कपडाको रोल तथा इलाका प्रहरी कार्यालय हरिनगराले अवैध रुपमा ल्याउँदै गरेको ८ बोरा युरियामल बरामद गरेको हो। बरामद सामान विहीबार नै सेतुबन्ध भन्सार कार्यालय कोशीब्यारेजमा बुझाईएको प्रहरीले जनाएको छ।
त्यस्तै इटहरी उपमहानगरपालिका ८ बाट विहीबार प्रहरीले १ हजार थान कोब्रा नामक पट्का सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ बनिगाँउका ४० बर्षिय बद्रीनारायण चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनलाई साईकलमा लादै गरेको उक्त पट्कासहित पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई विष्फोटक पदार्थ ऐन अन्र्तगत जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।