
कलेज क्वीन नेपाल २०१६ को ताज DAV अध्यनरत पाटन निवासी रशु शाक्य ले पहिरिन सफल भएको छ भने फस्ट रनर अप सबिना गुरुङ क्वीन एजुकेशनल एम्बासडर अफ नेपाल र सेकेन्ड रनर अप बिनिता गुरुङ कलेज क्वीन आइकन नेपाल बन्न सफल भएको छ। यसरी फस्ट रनर अप र सेकेन्ड रनर अप लाई पनि छुट्टा छुट्टै टाइटल दिइएको यो पहिलो पटक हो।

एजुकेशनल ब्यूटी प्याजेन्ट लाई प्रमुख आधार बनाउंदै आएको आर के इन्टरटेनमेन्ट ग्रुप ले किन्डर गार्टेन प्रिन्स प्रिन्सेस,स्कूल प्रिन्सेस नेपाल पछि कलेज क्वीन नेपाल भव्यता का साथ् गत शनिवार राष्ट्रिय नाचघर जमल मा भव्यताका साथ् सम्पन्न गरेको छ।
त्यस्तै पब्लिक च्वाइस अवार्ड सबभन्दा बढी वोट का साथ् अपना गिरी ले हात पार्न सफल भए भने एअर वोइस बेस्ट ड्रेस को उपाधी प्रीति प्रधान ले प्राप्त गरे र टाइटल एअर वोइस रेडियो का प्रबन्ध निर्देशक राजु श्रेष्ठ ले उनलाई लगाइदिएका थिए।त्यस्तै निकिस्ता हमाल बेस्ट स्माइल ,करीना कक्षपति बेस्ट क्याट्वाक,अश्मि लामा बेस्ट हेअर ,अश्मिता क्षेत्रि बेस्ट ट्यालेन्ट ,यमुना बुढामगर बेस्ट डिसिप्लेन ,सुष्मिता कार्की बेस्ट फोटोजेनिक ,अल्बिना सिंह बेस्ट स्पोंटेनीसिअस,कोपिला तमाङ्ग बेस्ट ब्युटी,अलिशा सिंह बेस्ट पर्सनालिटी,कविता लामा बेस्ट स्किन ,बिनु श्रेष्ठ मिस फ्रेन्डशिप,आरजु कुँवर बेस्ट गर्जियस बन्न सफल भएका थिए।

उक्त कार्यक्रम मा वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा प्रमुख अतिथि का रुप मा रहेका थिए भने सहयोगी संस्था एक्स्पर्ट एजुकेशन एंड विसा सर्विसेस का प्रबन्ध निर्देशक खेम राज संग्रौला र प्रायोजक उपकार चिया का नेशनल म्यानेजर निरज मालाकार अतिथि का रुप मा रहेका थिए।
त्यस्तै,निर्णायक हरुमा कोरियोग्राफर /डिजाइनर एवं आर जे अञ्जलि शाक्य ,संचारकर्मी एवं गीतकार भारत बम्जन ,सिनेयात्री मासिक का प्रबन्ध निर्देशक एवं वरिष्ठ चलचित्र पत्रकार आर डी शृंखला ,पर्यटन व्यवसायी किशन सिंह,हिसान का सचिव रामहरी सिलवाल ,कोरियोग्राफर अश्विनी झा रहेका थिए।
