मंसिर ३ विहिवार । आफुुहरुलाई लेटाङ नगरपालिकामा समायोजन गराउन मागगर्दै मोरङ जाँते वार्ड न ३ का स्थानिय वासिन्दाले विहिवार जिल्ला विकास समिति मोरङमा ज्ञापनपत्र वुुझाएका छन ।
दुईसयको संख्यामा आएका स्थानिय वासिन्दाहरुले स्थानिय विकास अधिकारी सोभाकर रेग्मीलाई ज्ञापनपत्र वुुझाएका हुुन । स्थानिय पुुर्न संरचना आयोग सहयोग समितिले जाते गाउ विकास समितिको सो वर्डालाई मिकलाजुुङ नगरपालिकामा समावेश गराउने प्रस्ताव केन्द्रमा पठाएपछी सो क्षेत्रका वासिन्दा त्यसको विरोधमा उत्रिएका हुन ।
मिकलाजुुङमा सेवा लिन जादा हिडेर ८ घन्टासम्म लाग्ने र सातवटा खोला तर्नुुपर्ने अवस्था भएकाले आफुुहरुलाइ लेटाङ नगरपालिकामा समायोजन गर्नुपर्ने स्थानिय समाजसेवी इन्द्र मावोहाङले बताउनुुभयो ।
सो क्षेत्रका वासिन्दालाई अहिले लेटाङ वजार पुुग्न एक घन्टामात्र लाग्छ । स्थानिय सोमनाथ दाहालले मिकलाजुुङ जाने सडकहरुका खोलाहरुमा पुुल नहुुदा वर्षायामा त्यसठाउमा पुग्न नसकिने बताउनुुभयो ।
ज्ञापनपत्र वुुझदै स्थानिय विकास अधिकारी रेग्मीले स्थानियको भावनाको कदर र सम्मानगर्दै यो प्रस्तावलाइ आयोगमा पठाउने बताउनुुभयो । हामीपनी तपाईका चाहना अनुसार प्रक्रिया अगाडी भएकाले यो प्रस्तावलाई आजै केन्द्रको आयोगमा पठाउने उहाले बताउनुुभयो ।
कार्यक्रममा नेकपा एमाले मोरङ अध्यक्ष महेश रेग्मी, नेकपा माओवादी केन्दं मोरङका संयोजक कुुशल लिम्वुु , नेपाली कांग्रेसका राजुु मास्के लगायत नेताहरुको सहभागिता थियो ।