Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

झापाली गायिका टिका प्रसाई र गायक तथा संगीतकार टंक बुढाथोकीको कान्छि रे चर्चामा

अर्जुन गुरागाई   


झापाली गायिका टिका प्रसाई पछिल्लो समय ब्यस्त हुदै गएकी छन । गायीका टिका प्रसाई र झापाकै गायक तथा संगीतकार टंक बुढाथोकीको ‘ए कान्छी रे’ बोलको नयाँ गीतको म्युजिक भिडियो निकै चर्चामा रहेको छ ।
केहि दिन अघि यौटुबमा सार्वजनिक यस गीतलाई एक सातामै एक लाख भन्दा बढी पटक हेरी सकिएको छ । गीतको म्युजिक भिडियो सार्वजनिक या गीतको चर्चा चुलिदै जानुको साथ दर्शक तथा स्रोतको मुखमा बस्न सफल भएको छ । सानै देखी गायन क्षेत्रमा रूचि राख्दै सांगतिक क्षेत्रमा पाइला चालेकी नेपालकै टपटेन गायिका समेत रहन सफल गायिका प्रसाईका हाल सम्म १००  बढी गितहरू बजारमा आइसकेका छन । केही समय अघि मेलोडी एल्बम बजारमा ल्याएकी थिइन । उक्त एल्बमले राम्रो प्रतिक्रिया पाइसकेको छ । त्यस्तै पछिल्लो समय उनले बजारमा ल्याएको  तिमि मलाइ मन पर्छ , परे माया जालैमा ,साथै पप्पी देउन सेल्फीको जमाना लगायतका गितहरू ।श्रोताको मन मस्तिस्कमा बस्न सफल देखीएको छ । अन्य गायक गायिकाहरूसंगै श्रोताहरूले उनलाई समेत रोज्न थालिसकेका छन । 

थुप्रै हिट डान्सिङ नम्बर दिएका गायक बुढाथोकीको शब्द रहेको छ । रोमान्टिक गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो जसमा आइटम डान्सर अर्चना डेलाल र मोडल दिपक परियारले निकै सुन्दर तरिकाले फिचारिंग गरिएको छ ।
अष्ट्रेलियामा रहेर म्युजिक भिडियोको निर्देशनमा सक्रिय देखिएका जीवन रसाईलीले ‘कान्छी रे’को भिडियो तयार पारेका हुन् । गीतको छायांकन र सम्पादन पनि उनले नै गरेका हुन् ।गीतमा सुसन योञ्जनको कोरियोग्राफर रहेको छ । 


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget