सम्राट थापा(इटहरी )
मोरङको बिराटनगर देखी कटहरी हुदै ६ किलोमीटर भित्री बाटो पश्चात् भेटिने माझरे गाबिसमा आज युवा अभियान्ता त्यहिका स्थानीय सरोकारवला सग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन ।

केहि अघि त्यहाको फोहोर साथै औषधि को पहुच नभएको कुरा सामाजिक संजालमा भाइरल भए लगतै अभियान्ता त्यहा पुगेका र त्यहाका बासिन्दाहरु ,स्थानीय शिक्षिका आरती देबि मण्डल ,स्वास्थ चौकीका प्रतिनिधि दुखी राम माझी र माझरे गाउ बिकास समिति कार्यलयका प्राविधिक बिपिन मण्डल बिच अन्तक्रिया भएको बताउनु हुन्छ अभियान्ता सागर प्रसाई । स्थानीय सरोकारवला सग अन्तरक्रिया गर्दा आरती देबि का अनुसार माझरेका बासिन्दामा जनचेतनाको कमि ,पैसाको महत्त्व नबुझ्ने साथै सरसफाइ के हो भन्ने कुरामा अज्ञात रहेको भन्नुहुन्छ ,त्यस्तै स्वास्थ चौकी माझरे प्रतिनिधि दुखी राम माझी चौकिमा बिरामी चाप बढी हुने तर माग गरे जति औषधि नआएका कारण सेबाग्राही मारमा परेको उहाँको तर्क छ भनी कार्यक्रममा उपस्थित अर्का माझरे गाबिसका प्राविधिक बिपिन मण्डका अनुसार माझरे गाउ यस्तो हुनुमा राजनीति असहयोग ,जनचेतना को कमि, यस्तै उहाका अनुसार केहि समय अघि बासिन्दा लाई शौचालय निमार्णका १३ लाख खर्च गर्दा र पटक पटक माइकिङ गर्दा समेत आफुहरु असफल भएको बताउनुहुन्छ ।
उक्त गाउमा १० प्रतिशतको घरमा मात्रै शौचालय रहेको र शौचालय नहुदा नहर लाई नै आफ्नो शौचालय बनाउने गरेको पइएको छ ।