Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सवारी दुर्घटनामा एकको मृत्यु


विराटनगर,२३  कात्तिक । पूर्व क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

सुनसरीः पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरीपुर-९ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख २०७८ नम्बरको बसले विपरित दिशबाट आउँदै गरेको बा ३२ प ९९२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी बेलही-५ बस्ने ३० बर्षिय उमेश मण्डलको मृत्यु भएको छ। दुर्घटनामा पछाडी सवार सोही ठाउँका कमल मण्डल गम्भिर घाईते भएका छन्। घाइते मण्डलको जिल्ला अस्पताल इनरुवामा उपचार भरहेको छ भने ठक्कर दिने बसका चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।
यता सुनसरीकै धरान-५ छाताचोकमा भानुचोकबाट जिरोप्वाईन्टतर्फ जादै गरेको को १७ प २२१९ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा सुनसरी धरान-५ बस्ने ७४ बर्षिय गणेश प्रसाद अग्रवाल र उनकी श्रीमती ७० बर्षिय लिला देबी अग्रावल घाइते भएका छन्। दुर्घटनामा स्कुटरचालक सुनसरी धरान-१० बस्ने ३० बर्षिय चित्रमान लिम्बु समेत घाइते भएकाले तीनै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

मोरङः मोरङको उर्लाबारी-५ किसान चोकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ५८३१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साईकलयात्रीलाई ठक्कर दिँदा उर्लाबारी-५ बस्ने ५० बर्षिय ओम प्रकाश परियार घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक झापा भद्रपुर-११ बस्ने ३० बर्षिय विजय खालिङ राई समेत घाइते भएका छन्। घाइते परियारको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने राइको मंगलबारे अस्पतालमा उपचार भईरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget