Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सानै उमेरमा अधिकारकर्मी , संचारकर्मी , अभिनेता हुँदै गितकार बने -विरेन्द्र


रामकुमार परियार 
प्रतिभा हरेकमा हुन्छ । तर बहुप्रतिभाशाली विरलै भेटिन्छन । भएको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर नपाएर खुम्चिएका पनि प्रसस्त पाईन्छन । तर सानै उमेरमा बहु आयामिक प्रतिभा भएका व्यक्ती भने कहिँ कतै मात्रै भेटिन्छन । यसैका प्रतिनिधि हुन - विरेन्द्र कुमार शाह , १९ ।

 उमेरले किशोरावस्थाको संघारमा पुगेका विरेन्द्र कुमार शाहको परिचय धेरै छ । मोरङको अमरदहमा पिता राजेन्द्र र माता प्रमिला देविको कोखबाट १९ वर्ष अघि जन्मिएका विरेन्द्र सोही ठाउँको सुगाहट निमाविमा कक्षा ४ मा पढ्दै देखि सामाजिक क्षेत्रमा लागे । शुरूवातमा विध्यालयमा आयोजना गरिने चित्रकला , वक्तृत्वकला , हाजिरिजवाफ लगायतका अतिरिक्त कृयाकलापहरुमा सहभागिता जनाई थुप्रै पुरस्कारगरु प्राप्त गरे । सोही बेला देखि बालबालिकाको क्षेत्रमा सकृय संस्थाहरु प्लान र फरेनको सहयोगमा बाल अधिकार संबन्धी कार्यक्रमहरुमा सहभागी हुन थाले । उनी संगैका साथीहरूले विध्यालय र घरमै सिमित भईरहँदा उनी भने बाल अधिकार संबन्धी थुप्रै कार्यक्रम र तालिमहरुमा सहभागी भएर त्यस विषयमा विध्यालयमा साथिहरुलाई बुझाउन सक्ने भईसकेका थिए । गुरु र साथिभाईका अगाडी उभिएर निर्धक्क बोल्न सक्ने भईसकेका थिए । यसरी बाल क्लवबाट सामाजिक क्षेत्रमा प्रवेश गरेका विरेन्द्रको सक्रियताको क्षेत्र अहिले निकै फराकिलो बनेको छ । 

अधिकारकर्मी , संचारकर्मी , सरसफाई अभियान्ता , अभिनेता , म्युजिक भिडियो निर्देशक हुँदै उनी गितकार समेत बनिसकेका छन । गुरु र अग्रजसंग आदारपुर्वक बोल्ने स्वभाव भएका विरेन्द्रसंग सानै देखि साथिभाईलाई मिलाएर नेतृत्व गर्ने खुबी थियो । विध्यालयमा गठन भएको बाल क्लबमा समेत उनले सबै साथिभाईलाई मिलाएर राखेका थिए । सबैलाई सक्रिय बनाएका थिए । स्टेजमा निर्धक्क बोल्न सक्ने हुनाले उनले सानैदेखि माईक्रोफोन समाउन पाए । गाविस स्तरिय बाल क्लब संजालको अध्यक्ष भएर समुदायमा बाल अधिकार संरक्षण , बाल विवाह नियन्त्रण , जोखिममा परेका बालबालिकाको उद्दार गर्ने क्रममा उनको पहुँच जिल्लाका सरकारी र अन्य गैह्रसरकारी संस्थाहरुसंग समेत भयो । यसक्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने विराटनगरको संस्था फरेन संग उनी आवद्ध भए र त्यहाँबाट प्रकासित हुने पत्रीकाको संपादन समुहको सदस्य समेत बने । उनको कार्यक्रम संचालन शैली र प्रतिभाबाट प्रभावित भएर रेडियो सुनाखरी ईटहराका स्टेसन म्यानेजर युवराज पौडेलले कार्यालयमा बोलाएर कार्यक्रम चलाउने अवसर दिए । त्यतिबेला उनी १५ वर्षका थिए । रेडियो कार्यक्रम संचालन संबन्धी कुनै औपचारिक तालिम बिनै रेडियो सुनेकै भरमा उनले रेडियो सुनाखरीमा आधा दर्जन कार्यक्रम चलाए तर उनको कुनैपनी कार्यक्रम व्यवसायिक उद्घोषकहरुको भन्दा कम थिएन । बरु तुलनात्मक रूपमा उनी अन्य भन्दा एककदम अगाडि निस्किए । स्रोताले निकै रुचाए । करिब २ वर्ष रेडियो सुनाखरीमा काम गरेपश्चात एसएलसी परिक्षा सकाएर थप अध्यनका निम्ति उनी विराटनगर निस्के । 

यसबीचमा प्लान नेपाल , फरेन , स्थानिय युवा क्लब र सामाजिक संस्थाहरुको सहयोगमा उनले बाल अधिकार , भित्ते पत्रीका प्रकासन , पत्रकारिता , नेतृत्व विकास , क्षमता विकास जस्ता दर्जनौं तालिमहरु समेत लिईसकेका थिए । बाल क्लब हुँदै स्थानीय सुनौलो बिहानी युवा क्लब हसन्दहमा आवद्ध भएर समुदायमा मानव अधिकार , महिला हिंसा न्यूनीकरण , सरसफाई अभियानमा समेत नेतृत्वदायी भुमिका खेले । हसन्दह गाविसको खुल्ला दिशामुक्त अभियानमा स्वंसेवकको रूपमा उनले खेलेको भुमिका अविस्मरणीय रहेको बताउँछन् तत्कालीन सरसफाई समन्वय समिति हसन्दहका सचिव रामकुमार परियार । अभियानमा सक्रिय रहँदारहँदै अध्यनका क्रममा गाउँ छोड्नु परेपछी उनी विराटनगर केन्द्रित भए । यद्यपि बिदाको समयमा गाउँ पुगेर सामाजिक कार्यमा लाग्न भने छोडेनन । विराटनगरको आदर्श उच्च माविमा कक्षा १२ मा अध्यनरत विरेन्द्र अहिले विराटनगरको नाम चलेको रेडियो मकालुमा कार्यक्रम चलाउँछन । विभिन्न किसिमका मनोरञ्जनात्मक र समाचारमुलक कार्यक्रमहरु चलाउनुका साथै प्रतिभा (ट्यालेन्ट) भएर पनि बाहिर ल्याउन नसकेकाहरुको लागि सहयोगी माई ट्यालेन्ट शो नामक विशेष कार्यक्रम समेत संचालन गर्दै आएका छन् । जुन रेडियो मकालुमा हरेक शनिबार बिहान १० ः १० बजे देखि ११ बजेसम्म सुन्न सकिन्छ । यी बाहेक उनी नृत्यमा समेत दक्ष छन । स्टेजमा उनले प्रस्तुत गर्ने नृत्यले दर्शकको निकै वाहवाही र ताली बटुल्ने गर्छ ।प्रतिभाको अद्भुत खानी रहेका विरेन्द्रले सानै उमेरमा म्युजिक भिडियो निर्देशन गरेर नयाँ पहिचान समेत बनाईसकेका छन । 

गतवर्ष निर्माण भएको गायक साजन राईको “ बाँचुनजेल सम्म ” बोलको गितको म्युजिक भिडियोमा उनैले निर्देशन गरेका छन । उक्त म्युजिक भिडियो हेरेर दर्शकले निकै राम्रो प्रतिक्रिया दिएको विरेन्द्र बताउँछन् । त्यस्तै २ वर्ष अघि निर्माण भएको ठूलो पर्दाको चलचित्र “मिस्टेक अफ लाईफ“ मा समेत उनलाई देख्न सकिन्छ । उक्त चलचित्रमा छोटो भएपनी निकै महत्त्वपूर्ण र सन्देशमुलक भुमिकामा अभिनय गरेको विरेन्द्र बताउँछन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget