Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

"तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट" गीतले सुतिसकेका निर्देशक अनि कलाकारलाई उठायो !

आगोपाटी समाचारदाता, अमेरिका
                                      कहिले सञ्चार, कहिले साहित्य, कहिले गीत-संगीत त कहिले सामाजिक बिद्रोहका क्षेत्रमा नेपाली भाषी भूटानीहरू माझबाट विगत अाधा दशकदेखि शसक्त चर्चामा रहेका स्रष्टा राकेश काफ्लेका एकल शब्दमा रहेको कृतिमानी एल्बम "तुलसी मञ्जरी"मा संगृहित रहेको "तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट" बोलको गीतको म्युजिक भिडियो उत्पादन अन्तिम तयारीमा रहेको गीतकार काफ्लेले बताउनु भयो । स्कुले जीवनमा कला, साहित्य, र अभिनयका क्षेत्रमा निकै चर्चा बटुलेका काफ्ले लामो विश्राम पछि सन २०१२बाट नेपाली साहित्य, संगीत, र पत्रकारितामा एकैचोटी प्रवेश गरेपछि निरन्तर चर्चामा छन् । सिडिएम म्युजिक क्रियसनले बजारमा ल्याउन लागेको उक्त म्युजिक भिडियोलाई भूटानी नेपालीहरूमाझ चर्चामा रहेका  केदार उप्रेतीले निर्देशन गरेका छन् । नयाँ प्रतिभाहरूको खोजिमा तल्लिन रहने काफ्लेले उक्त म्युजिक भिडियोमा केही नयाँ प्रतिभा र केही चर्चामा रहेका प्रतिभाहरूलाई सुतिसकेको अवस्थाबाट उठाउने प्रयत्न गरे ! अनि उनले  कलाकारलाई परिवर्तित भूमिकामा उतारेका छन् । स्कुले जीवनबाटै केही  नेपाली चलचित्रहरूमा  नायकको भूमिका निर्वाह गरेका केदार उप्रेती हालचाल पहिला जस्तो व्यस्ता छैनन् कहिले कहिँ म्युजिक भिडियो निर्देशन गरेको फोटो फेसबुकमा देखिन्छन् । गीत, गजल, रूबाइ आदि लेखनमा पनि उत्तिकै सक्रिय रहेका उप्रेती अमेरिकामा रहेर नेपाली चलचित्र उत्पादन तथा निर्देशनका क्षेत्रमा सम्भावनाहरूको खोजी गरिरहेको बताउँछन् । हामीसँग कुरा गर्दै उनी भन्छन्, "सम्भावना र चुनाैतिहरूसँग झेलिदै अभिनय क्षेत्रमा विगतमा जे गरें, सफलता हात पारें भन्ने लाग्छ । त्यसो त बजारमा आउँदै गरेको यस म्युजिक भिडियोले पनि एकातिर चर्चित गीतकार, आदरणीय दाई राकेश काफ्लेका शब्दलाई न्याय गर्ने गरी निर्देशन गरेको छु भन अर्कातिर नयाँ तथा स्थापित कलाकारहरूको संयोजनबाट मैले यस म्युजिक भिडियोमा अहिले सस्तो लोकप्रियतामा हाैसिरहेको यस क्षेत्रलाई गुणस्तरको गबाइ ख्वाउने भरमज्बुर कोशिस गरेको छु ।" अमेरिकाको सिकागो राज्यमा रहेर नर्सिङ अध्यायन गर्दै गरेकी मुना ओलीलाई यस म्युजिक भिडियोमा नायिकाको भुमिकाबाट प्रवेश गराइएको छ भने पेन्सिल भेनियामा रहेर अभिनय अध्यायन गर्दै रहेका युवा संगीतकार तथा गायक भरत तामाङले नायकको भूमिका अंगालेका छन् । हरेका वर्गका पठक र श्रोतालाई केन्द्रमा राखेर उत्तिकै दमदार कविता, गीत, गजल, कथा, र रूबाई लेख्न सक्ने गीतकार काफ्लेलेका तीन दर्जन गीतहरू, केही कविताहरू, अनगिन्ति गजल र रूबाईहरू सार्वजिनक छन् । राजनीति, समाज, हाइहाइ, वाैदिकता, समसामयिकता, श्रृंगारिकता आदि विषय मध्येबाट यस म्युजिक भिडियोमा निर्देशक उप्रेतीले सिडिएमए म्युजिक क्रियसनले बजारमा ल्याएको गीतकार काफ्लेको पहिलो एकल एल्बम तुलसी मञ्जरीबाट बिप्रलम्भश्रृंगारिक्तालाई मुखारित गरेको उक्त सेन्टिमेन्टल गीत रोजेका छन् । जुलाई २०१४मा अमेरिकाको आयोवामा विमोचन भएपछि काफ्लेको तुलसी मञ्जरीले नेपाली भाषी भूटानीहरूको गीतसंगीत क्षेत्रमा हंगामा मच्चाएको थियो । केही सय कपि प्रकाशन गरेर बाँडेर चित्त बुजाउन विवश रहेको भूटानी संगीत क्षेत्रलाई व्यवसायिकताको ढोका खेलिदिएको यस एल्बमका  ६ हजार प्रति बिक्री भइसकेको छ भने तेस्रो संस्करण बजारमा छ गीतकार काफ्लेले बताए । क्यानाडामा रहेका चर्चित युवा संगीतकार अबिरल साँइलाको संगीत र काठमाण्डाै नेपालका  चर्चित युवा गायक सिडि विजय अधिकारीको स्वरमा संगृहित रहेको उक्त म्युजिक भिडियोको श्रृंगार अमेरिकामा अहिले चर्चामा रहेका मोडल राजेश साम्पाङले गरेका छन् भने पोष्टर डिजाइन काठमाण्डाै नेपालका व्यवसायिक डिजाइनर अनिल स्थापितले गरेका छन् । नन्द लगुनको करियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन भरत तामाङले गरेका छन् भने यस परियोजनामा लगानी पेन्सिलभेनियाको वर्षा ज्वेलर्स र आइअोवाको रोहन ज्वेलर्सले सम्युक्त रूपमा गरेका छन् । सम्भावनाको खोजिमा उत्रिएर जस्तो सुकै चुनाैति मोल्न पनि पछि नपर्ने गीतकार काफ्लेले चर्चामा रहेका मोडलहरूको हुलबाट नयाँ कलाकार मुना ओलीलाई अभिनय क्षेत्रमा भित्र्याएका छन् । नेपाली दर्शकले ओलीको कलाकारिता र काफ्लेको छनोटलाई मन पराउँछन् पराउँदैनन् त्यो त हेर्न बाँकी नै छ !

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget