Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शुक्रबार पुर्वमा ४ घाईते

विराटनगर ११ मंसिर । पूर्व क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरुमा शुक्रबार भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन्।
मोरङको लेटाङभोगटेनी—८ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २५ प ५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी इनरुवा ३ का उमेश थापा र पछाडी सवार दमक १ कि सिमा विश्वकर्मा रहेकी छिन्। घाइते दुवैको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ। त्यस्तै  पाँचथरको नागी ६ स्थित मेची राजमार्गमा गोपेटारबाट गणेशचौकतर्फ जांदै गरेको मे १ प ६००१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक चालक झापा चारआलीका रमेश टुडु घाईते भएका छन् । घाइते टुडुको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछी थप उपचारकोलागी झापा ल्याईएको छ।
उता सप्तरीको डिमन ६ स्थित भित्री सडक खण्डमा स ४ प ९७११ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँका महेश राम घाइते भएका छन्। घाइते रामको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको  छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget