Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

केहि चमत्कारी अनि अपबाद नभए यो वर्षको बिजेता कृष्णा राई नै हुन्छन !

उदयमान गायक कृष्णा राई ! 
हेम गिरी (लेखक)
मैले निरन्तर हेरेको छैन अनि त्यति धेरै हेर्न पनि मन लाग्दैन ‘बर्षा बेस्ट परफमर’ सिजन २ ! किन मन लाग्दैन त्यो कुरा उठान गर्न चाहन्न । अमेरिकामा आयोजना भइरहेको सो परफमरको सिजन २ को विषय अघिल्लो चोटी एउटा लेख पनि लेखेको थिए तर,अहिले हेर्छु हरेक स्तम्भ कारण त्यो प्रतियोगिता राम्रो भयो भनेर होइन प्रतियोगिताको टप फोरमा पर्न सफल भएका एक जना नवगायकको कारण ! त्यी नवगायकको फेसबुकको भित्तामा जति धेरै चर्चा देखिरहेको छु त्यति धेरै चर्चा अरु प्रतियोगीहरुको देखिरहेको छैन । प्रतियोगिताको विजेता या टप वान छनौट अधिकार जनतामा दिएको छ आयोजकले ! प्रतियोगीबीचमा स्तर छान्ने चाहि निर्णायकहरुले हो । निर्णायक अनि जनताले छानेका एक जना प्रतियोगी नै विजेता हुन्छन । आयोजक अनि प्रायोजकले कुनै पनि प्रतियोगीलाई विजेता बनाउनु पर्छ भन्दैमा त्यहि विजेता हुने होइन । फेसबुकको भित्तामा देखिको चर्चा अनि निणार्यकहरुले दिइरहेको प्रतिक्रियाबाटै स्पष्ट थाहा हुन्छ टप फोरबाट टप टुमा को पुग्छ भनेर ! सबै ठाउँमा सबै कुरा आफुले नै सोचे जस्तो त हुँदैन ! आयोजक अनि प्रायोजकका सदस्यहरुले पनि चार जनामध्ये कसै एक जना प्रतियोगीलाई मन पराउनु भएको होला उसले जितोस भन्ने पनि चाहाना राख्नु भएको छ होला ! राख्नु भएको छैन भने त्यो झनै राम्रो तर, राख्नु भएको छ भने पनि उसले जित्नु पर्छ भनेर चाहान मात्र राखेको राम्रो उसलाई जिताउनको लागि नै अग्रसर भएको नदेखिएकै बेश ! त्यस्तो देखियो भने भोलि आयोजना हुने सिजन-३ मा प्रतियोगीहरु भेट्न गाह्रो पर्छ आयोजकले । मुलत: मैले यहाँ विशेष कुरो उठान गरेकै छैन ! मेंटरले कसरी सिकाइ रहेको हुन्छन प्रतियोगीहरुलाई त्यो म जान्दिन तर, प्रतियोगीहरु बीचमा एक उदयमान गायक पनि छन् उनको नाम हो कृष्णा राई ! म उनकै कारण त्यो प्रतियोगिता हेर्छु ! जनता र निणार्यककै मतलाई कदर गर्ने हो भने सिधै विजेता घोषणा गर्दा पनि हुन्छ कृष्णालाई । अब फाइनलसम्म त फर्खिनु त पर्छ नै होला तर, अहिले नै जनताले छानीसकेका छन् त्यो प्रतियोगिताको बिजेता ! स्वरमा दम भएका कृष्णालाई सुन्दा राजेश पायल राईलाई बिर्सिन सकिन्छ । गीत छोडेर गाउनेहरुलाई राम्रो भन्दै उसको लागि भोट माग्ने मेंटरहरुले कृष्णालाई राम्रो भनेको मात्र  सुन्दा कता कता काउकुती लाग्यो ! केहि चमत्कारी अनि अपबाद भएन भने यो वर्षको त्यो प्रतियोगिताको बिजेता कृष्णा राई नै हुन्छन ! अब जनतालाई भोट गर्न अनुरोध गरिरहनु उचित ठानिन किन कि सबैले भोट गर्ने भनेकै कृष्णालाई हो ! कृष्णालाई शुभकामना ! 
भोट गर्ने तारिका चाहि यस्तो हो है !

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget