
अर्जुन गुरागाई ईटहरी २० कार्तिक
छक्का पन्जाले ५१औं दिन मनाईसकेको छ । शनिवार ५८ औं दिनको अवशरमा ईटहरी स्थित आई सिनेमाले नेपाली चलचित्र छक्का पञ्जा निर्देशक दिपा श्री निरौलालाई सम्मान गरेको छ । आई सिनेमाका सञ्चालक शंकर मेहताले एक कार्यक्रमका बिच सम्मान गर्नुभयो । सो अवशरमा निर्देशक निरौलाले दर्शकलाई भगवानको संज्ञा दिनुभएको थियो । सञ्चालका मेहताले अझै २ हप्ता सम्म नेपाली चलचित्र छक्का पञ्जा चल्ने ठोकुवा गर्नुभयो ।

अहिले सम्म बनेका नेपाली फिल्मको ईतिहाँसलाई तोड्दै नेपाली चलचित्र छक्का पञ्जाले नेपाली चलचित्रको क्षेत्रमा छुट्टै स्थान बनाउन सफल भएको चलचित्र हेर्न आउने दर्शकहरुले बताएका छन् ।
नेपाली चलचित्र छक्का पञ्जा,वडा नं छमा समावेश गरिएका गितहरु, पुर्व पश्चिम रेल,शुर्के थैली खै , लगायतका गितले नेपालिहरुको दोस्रो ठुलो महान् चाड तिहारलाई हिन्दी गिहरुलाई विस्तापित गदै तिहारलाई रौनक छाएको थियो ।।
