Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नेपाल टेलिभिजनका मोहन मानन्धर विरुद्ध उजुरी


विराटनगर २२ कार्तिक । नेपाल टेलिभिजनका विराटनगर संवाददाता मोहन मानन्धर विरुद्ध  उजुरी परेको छ ।
सहकर्मी पत्रकारहरु माथिनै गालिगलौज र भौतीक आक्रमणमा उत्रिन थाले पछि उजुरी परेको हो । सहकर्मी साथिभाइहरु संग गरेको दुब्बहार सहन नसके पछि उजुरी गरिएको  पत्रकार गोपाल पोखरेलले जानकारी दिए । उनले पत्रकार महासंघ मोरङ, प्रेस काउन्सिल नेपाल ,नेपाल टेलिभिजन सिहदरबार काठमान्डौ ,नेपाल प्रेसयुनियनमा लिखित उजुरी दिएका छन् । जारी निवेदनमा गएको आइतबार नेपाल चिकित्सक संंघद्धारा गरिएको पत्रकार संम्ेमेलनमा आफुमाथि दुब्र्यवहार भएको र भौतिक आक्रमण गर्न खोजिएको उल्लेख छ । पत्रकारको नाममा नेपाल टेलिभिजनको समेत बदनामी समेत हुदै गएको छ । पछिल्ला समय पत्रकार मानन्धर आचरण विपरितका काम समेत गर्दे हिडेका छन् । उनको विषयमा पछिल्लो समय विभिन्न उजुरीहरु आउन थालेका छ । उनले विगत केहि दिन अघि पत्रकार सत्यनारयण शर्मा, कौशल निरौला, जितेन्द्र ठाकुरलाई समेत हात पात गरेका थिए । सर्बजनीक कार्यक्रममा कहीले कुन पत्रकारलाई त कहिले कुन पत्रकारलाई मुले , जाड खाने , चिनीखाने जस्ता अपशब्द प्रयोग गरेर सर्वजनीक स्थानमा होच्याउने र हेप्ने गरेका छन । मानन्धर विराटनगरमा आएर काम शुरु गरेयता झन्डै दुई दर्जन पत्रकारमाथि अपशब्द र आक्रमण र्दुव्यभार गरीसकेका छन । 

 त्यस्तै एक जना ट्राफिक प्रहरी भोजराज पोखरेलमाथि दुव्र्यवाहार गरेका छन । त्यस्तै विराटनगरका उद्योगीहरुलाई त्रसाउने र धम्क्याउने गर्दै आएका छन । केहिसमय अघाडि विराटनगरमा भएको जुवा काण्डको विषयलाई लिएर जिल्ला अदालत परिषरमै व्यावसयी अरुण राठीलाई र्दुवयवाहार गरेका थिए । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget