Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

वृद्धाश्रममा रहेका वृद्धाहरुलाई खाद्यान्न, कपडा वितरण


सुमन भट्टराई इटहरी शनिवार ११ मङ्सिर– सामाजिक संजाल फेसबुक प्रयोगकर्ताहरुको ग्रुप जक्सन अफ युथले सुनसरीको पकलीमा रहेको रामजानकी शान्ति वृद्धाश्रममा बस्दै आएका वृद्धाहरुलाई न्यानो कपडा आज वितरण गरेको छ । जक्सन अफ युथले सुनसरीको पकली स्थीत रामजानकी शान्ती वृद्धाश्रममा रहेका आठ जना वृद्धाहरुलाई जाडोमा लगाउने टोपि, स्वेटर ,पछ्यौरा, पञ्जा ,मोजा लगायतका न्यानो कपडा वितरण गरेको हो । त्यसै गरि वृद्धाश्रममा रहेका वृद्धाहरुलाई एक महिना सम्म पुग्ने खाद्यान्न साथै सरसफाईका लागी आवश्यक पर्ने सावुन सरफ,लगयतका सामाग्री समेत वितरण गरेकोे थियो । वृद्धाश्रममा बस्दै आएका वृद्धाहरुलाई जक्सन अफ युथले ३५ हजार मुल्य वरावरको सामाग्रीहरु वितरण गरेको आयोजक जक्सन अफ युथले जनाएको छ ।

पाँच महिना अगाडी स्थापना भएको सो ग्रुपले काठमाण्डौ , सप्तरी र सुनसरीमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको समेत जनाइएको छ । जक्सन अफ युथ ग्रुपमा आवद्ध काठमाण्डौका ७ जना सुनसरी झुम्काका ६ जना ईटहरीका ८ जना र मोरङ विराटनगरका ३ जना गरी जम्मा २४ जना युवायुवतीहरुले उक्त सामाग्री सहयोग गरेको ग्रुप सञ्चालक शुशिल श्रेष्ठले बताउनुभयो । सो गू्रपमा १हजार ८ सय युवा युवतीहरु सक्रिय रहेको समेत श्रेष्ठले जानकारी दिनुभयो । सो सहयोग कुनै संघ सस्थहरुको नभएर ग्रुपमा आवद्ध रहेका युथहरुले आ–आफ्नो तर्फवाट सकेजती रकम जम्मा गरेर नेपाल सरकारले देशमा रहेका गरिब दुखीहरुका लगी केही सहयोग नगरेको ले युथहरु मिलेर सामाजिक सेवामा लागेको सामाजिक संजाल फेसबुक ग्रुप जक्सन अफ युथले जनाएको छ ।।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget