

हरेक दुइ वर्षमा सिड्नी, अस्ट्रेलियामा आयोजना हुने 'नेपाल फेस्टिवल' कार्यक्रममा गायक पराजुलीले प्रत्यक्ष्य गाउँदै, ठुलो पर्दामा हजारौँ दर्शक-श्रोताहरुका बीच भिडियो प्रदर्शन गरि सार्वजनिक गरियो। अत्याधुनिक उपकरणहरू प्रयोग गरी निर्माण गरिएको यस म्युजिक भिडियोमा नेपाली र अस्ट्रेलियन कलाकारहरुलाई देख्न सकिन्छ। फरक कथावस्तु र निर्माण शैलीमा तयार पारिएको भिडियो पृथक बनेको छ। भिडियो निर्देशन युवा निर्देशक सबिन ज्ञवालीले गरेका हुन्।
गायक पराजुलीको यस अघि पनि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्, जसमध्ये 'झिलमिल', चाहनामा म तिम्रो', तिमी मलाई मन् पर्छ, 'तिमी अनि म' का साथै गीत नेपालमा आयोजना हुने विभिन्न सांगीतिक अवार्ड कार्यक्रमहरुमा 'झिलमिल' बोलको गीत नोमिनेसनमा पर्न सफल भएको थियो।
[भिडियो हेर्नुहोस्]