विराटनगर १६ मंसिर । नेपाल वालसंगठन मोरङ जिल्लाको तदर्थ समिती गठन भएको छ । बुधवार भएको छलफलले अर्जुन निरौलालाई संयोजक चयन गरेको छ । संगठनको उपसंयोजकमा भारती पोखरेल , सचिव राजु मास्के , कोषाध्यक्ष भुवनेश्वर मण्डल , सदस्यहरु रामकुमार विश्वकर्मा ,रेखा शर्मा पराजुली ,दिनानाथ आचार्य ,शेषराज राजवंशी , विक्रम लिम्बु ,शिक्षक प्रतिनीधि सदस्य शिवराज कोईराला , कार्यलय सचिव नेत्र प्रसाद पराजुली ,र चयन भएका छन् ।
वालवालिकाहरुको सर्वाङगीण विकास , सुयोग्य , सक्षम प्रजातन्त्रवादी ,नैतिक , चरित्रवान वनाउने र वाल अधिकार सम्वन्धी शिखर सम्मेलन १९९० द्धारा प्रत्याभुत अधिकारलाई सफल कार्यन्वयन गर्न संगठनले काम गर्दै आएको छ ।
चार बर्षमा अधिवेशन गर्नु पर्ने भएपनि नेपाल वाल संगठन मोरङ जिल्लामा विगत २५ बर्ष देखि अधिवेशन भएको थिएन ।