

मेला अवधिभर भरत सिटौला, धिरज राई , रोज मोत्तान, दमन रुपाखेती, ज्वती मगर लगायत २ दर्जन बढि राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए । गायीका इन्दीरा जोशीले उद्रेको चोलीसहित आधा दर्जन गीत गाएकी थिइन भने युवा पुस्ता माझ लोकप्रिय गायक प्रसाईले नाइनलको सारी, मायालाई , बन्छ नेपाल लगायत गीतबाट स्रोता दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । आयोजक मध्येका एक सन्दीप महतले करिब २ साता लामो ब्यापार मेलामा हेटौडाबासीले दिएको साथ र सहयोगप्रति धन्यवाद दिए । यस्तै सहयोग र साथ पाए आगामी बर्षहरुमा मेलालाई अझ बृहत बनाउदै लैजाने पनि उनले बताए ।

मेलाबाट उढेको रकम मध्ये केही रकम भुकम्पमा परि निधन भएका हेटौडाका पत्रकार सुमन बम्जन प्रतिष्ठानलाई अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजनाका लागि सहयोग स्वरुप प्रदान गरिएको छ । मेलाको अन्तिम दिन कार्यक्रममा सहयोग पु¥र्याउने बिभिन्न संघसस्था, उत्कृष्ठ प्रतियोगिहरु तथा कलाकारहरुलाई सम्मान एवम् मायाको चिनो प्रदान गरिएको थियो ।
