Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कार्यको सफलता नै समाजको जित हुनेछ । सबैमा अग्रीम शुभकामना !

हरि उप्रेती
अमेरिकाको कोलोराडो राज्यमा पुर्नबासित नेपाली भाषी भूटानीहरुको दुई सामाजिक संस्थाहरू थियो अब दुई संस्था रहने भएन ।  कोलोराडोमा रहेको भूटानी समाजको अपेक्षालाई मध्यनजर गर्दै दुई संस्था एकीकरण भएर भूटनिस कमिनिटी अफ कोलोराडो (बी.सी.सी) नामक संस्थाको रूपमा  स्थापना हुने भएको छ ।  यही डिसेम्बर १७ तारिक एक विशेष कार्यक्रम साथै पत्रकार सम्मलेनको आयोजन गरेर दुई संस्था एकीकरण गरिएको औपचारिक रूपमा घोषणा गरिने जानकारी प्राप्त भएको छ । त्यस दुई संस्थाकई पूर्व अध्यक्ष समेत रहेका हरि उप्रेती चाही के भन्छन त संस्था एकीकरण भएको अवस्थामा ! हेरौ उनकै शब्दमा:- एकता समाजको सुधारक हो र यसमा नै शक्ती हुन्छ भन्ने कुरामा सायद दुइमत नहोला । प्रसङ्ग हो कोलोराडोमा रहेका दुई सामाजिक संस्थको एकीकरण । हुन त बिगतलाई हेर्दा समाजको समरचना अलिक फरक थियो अनि जे जती संगठनको जन्म भयो त्यो अभिशाप भने पक्कै होईन । केहि न केहि परिवर्तन र सुधारका काम नभएका भने होईनन्, यती मात्र फरक हो जो अपेक्षा अनुरुप हुन सकेनन । यी दुवै संस्था को जन्मदाता म पनि भएको हुँदा केहि कमी कम्जोरिलाई भने मैले पनि आत्मासाथ गर्न जरुर ठान्दछु । जब मैले एकीकरणको समाचार पढ्न पाए अत्यान्तै खुशी लाग्यो तर जब सामाजिक सन्जालामा त्यसप्रतिका नकरात्मक टिप्पणी देखे त्यसले समाजलाई हौसला दिनु भन्दा पनि एकता हुन नदिने प्रबृती देखिन्छ । समाजका नेतृत्व प्रदान गर्ने ब्याक्ती र सिङ्गो समाजले निकास खोजी रहदा आफुले भूमिका निर्वाह गर्न नसक्नु भनेको आफ्नो कम्जोरी नै हो भन्ने मेरो बुझाइ हो किन कि मानिस भन्दा अर्को कुनै प्रणीले भुल गर्दैन । समय गतिशिल हुन्छ र त्यस अनुसार नै सामाजिक माग परिवर्तन हुँदै जान्छन । त्यसको मर्म लाई बुझेर आवश्यकता पुरा गर्नु नै महान कार्य हो जुन अहिले दुवै संस्था ले गरी रहेको छ । यहाँ हरुलाई म हार्दिकताका साथ भन्न चाहन्छु कि यो कार्यको सफलता नै समाजको जित हुनेछ । अग्रीम शुभकामना ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget