राप्रपा नेपाल पहिलो र अन्तिम पाटी ः रेखा थापा (फोटो फिचरसहित)
भोला अधिकारी
काठमाडौ २८,मंसिर । केहि दिन अघि मात्रै चर्चित लोक गायिका तथा सञ्चारकर्मी कोमल वली राप्रपामा प्रवेश गरेकी थिईन् । त्यस्को चर्चा सेलाउन नपाउदै नेपाली सिने जगत की अर्की चर्चित नायिका रेखा थापा पनि उत्त पाटीमा प्रवेश गरेकी छिन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले माला लगाएर पाटीमा प्रवेश गराएका हुन् । उत्त कार्यत्रममा बोल्दै रेखाले भनिन्, मेरो पहिलो र अन्तिम पाटी नै राप्रपा नेपाल हो । केहि दिन अगाडी गायिका कोमल वलीले नै रेखा राप्रपामा आउन लागेको भन्दै फेसबुक स्टाटस लेखेकी थिइन् । आज काठमाण्डौमा आयोजना हुन लागेको कार्यक्रममा रेखा कमल थापा नेतृत्वको पार्टीमा प्रवेश गर्न लागेकी हुन् ।
रेखालाई पार्टीृले कुन पद दिन लागेको हो भन्ने खुलेको छैन । अहिले उनलाई आमन्त्रित सदस्यको रुपमा पार्टी प्रवेश गराउन लागिएको हो । नायिका थापालाई दोश्रो संविधान सभाको चुनावमा प्रचण्ड नेतृत्वको माओवादी पार्टीले चुनावका लागि टिकट पनि दिएको थियो ।
केहि बर्ष अगाडि प्रचण्डकै हातबाट टिका लगाएर रेखा माओवादीमा प्रवेश गरेकी थिइन् । ंिसंहदरबार अगाडि प्रचण्डसँग नृत्य गरेपछि रेखा चर्चामा आएकी थिइन् ।