पत्रकारले गराईदिए नायिका मञ्जिता र कुशलको बिवाह ( भिडियो सहित)
भोला अधिकारी
काठमाडौं । मोडल तथा नायिका मञ्जिता केसीले सञ्चारकर्मी तथा मोडल कुशल खत्रीसँग विवाह गरेकी छन् । उनीहरुको लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । उनिहरुले आधुनिक गीत “रहर ” को म्युजिक भिडियोमा बिवाह बन्धनमा बाँधिएका हुन् । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वर तथा संगीत रहेको उत्त गीतमा रचना सञ्चारकर्मी मनोज थापाले गरेका हुन् ।
नायिका मञ्जिता केसीलाई सञ्चारकर्मी तथा मोडलद्धय कुशल खत्री, राजेन्द्र लुईटेल, अभिनेत्री रश्मि भट्ट र हास्यकलाकार सुरेन्द्र केसीले अभिनयमा साथ दिएका छन् । मायामा धनले निम्त्याएको परिस्थिति अनि माया पाउन गरेको संघर्षमा कसैको सानो त्याग र सहयोगले मायाका जोडिले पाएको खुशीलाई भिडियोमा देखाउन खोजीएको छ, निर्देशक तथा गीतकार मनोज थापाले बताए ।
गीतको भिडियोलाई सन्देशमुलक बनाउन खोजिएको छ । धेरै मेहनत गरेको कारण दर्शक स्रोताको मन जित्नेमा निर्देशक तथा गीतकार थापा आशावादी देखिएका छन् । गीत अनुसार गीतलाई निर्देशकले भिडियोमा न्याय गरेको कलाकार बताउ छन् ।
चोभार, बानेश्वर, टेकु तथा कुलेश्वरमा छायांकन गरीएको उक्त गीतलाई अमृत सुनुवारले छायांकन गरेका छन् । भिडियोलाई माधव वेल्वासेले सम्पादन गरेका छन् भने रेस्पोन्सिभ भिडिया प्रा।लिले गीतलाई बजारमा ल्याएको हो ।
https://www.youtube.com/watch?v=-7CVbqZmgU8