Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

छुट्टा छुट्टै दुर्घट्नामा ११ घाईते

उदयपुर, पुस ३ । उदयपुरको त्रियुगा नगरपालिका १ गाइघाट बोक्से सडकमा शनिबार साँझ टेम्पु र मोटरसाइकल एक अर्कासंग ठोक्किंदा पाँच जना घाइते भएका छन।
गाइघाटबाट बोक्से तर्फ जादै गरेको ज १ ह १०९७ नम्बरको टेम्पु र विपरति दिशाबाट आउदै गरेको बा। २५ प ७७२४ नम्बरको मोटरसाइकल साँझ पौने ६ बजे एक अर्कासंग ठोक्किएको थियो ।
दुर्घटनामा टेम्पुमा सवार उदयपुर त्रियुगा नगरपालिका १ बस्ने प्रकाश पौडेल, रन्जन थापा, मणि कटुवाल तथा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका ३ बस्ने रोशन राई, पछाडी सवार सोही ठाउँका रमन कार्की सामान्य घाइते भएका छन्।
घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने टेम्पुका चालक जिल्ला प्रहरी कार्यालयमा छन।
यस्तै  कोशी राजमार्ग अन्तरगत सुनसरीको सोनापुर २ मा शनिबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन।
विराटनगरबाट ईटहरीतर्फ जादै गरेको को. १ ख २८८० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा सडकबाट तल खसेको थियो ।
दुर्घटनामा बसका चालक सुनसरी धरान १६ का राजेश दाहाल, बसका यात्रीहरु सुनसरी ईटहरी ६ का शिव कुमार सरदार, धरान ७ का निर्मल राई, ईटहरी १० की सिरा आचार्य, भोजपुर मानेभन्ज्याङ १ का प्रदिप विश्वकर्मा र भक्तपुर घर भई नोबेल मेडिकल कलेजमा अध्ययनरत सलिमा लिम्बु सामान्य घाइते भएका छन्।
घाइतेहरुको स्थानीय सामुदायिक अस्पतालमा उपचार गराइएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget