 |
नव गठित संस्थाका अध्यक्ष सोम बराल रा उपाध्यक्ष रघु धौरालीसँग हेम गिरी |
आगोपाटी समाचारदाता,अमेरिका अमेरिकाको कोलोराडो राज्यमा रहेका नेपाली भाषी भुटानीहरूको दुई सामाजिक
संस्थाहरू एकीकरण भएका छन । कोलोराडोमा रहेका ग्लोबल भुटानिज कम्युनिटी अफ
कोलोराडो र हुय्मन होप फाण्डेशन नामक सामाजिक संस्था एक भएर “भुटानिज
कम्युनिटी अफ कोलोराडो” भएको छ । ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोमा
रहेका सदस्य स्वतः: भुटानिज कम्युनिटी कोलोराडोमा जाने प्रावधानले सो
संस्थाका सबै सदस्य यथावत रहेका छन् भने हुय्मन होप फाण्डेशनका विभिन्न
कारण सहित सहभागी हुन नसकेका मेम्बरहरु बाहेक अन्य मेम्बरहरु भुटानिज
कम्युनिटी कोलोराडोका मेम्बर भएका छन् । संस्था एकिकरण कार्यक्रममा विभिन्न
क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा
कोलोराडो अफ्रिकन अर्गनाजेसनका जिल जेनिफर कोलोराडो रेफ्युजी सर्भिस
प्रोगामका ज्यो होरथेर सिटी अफ अरोराका रिकार्डो गम्बेट्टा अरोरा वेलकम
सेन्टरकी लारा, गोल्डेन लेन्डर्सका डिजे , नेपाली घरका अध्यक्ष योगराज
गौतम,आर्टीस्ट एसोसियसन अफ अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, तमु धीं
कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, बिआरटी नेपाल डटकमका कार्यकारी सम्पादक
शैलेश पोखरेल लगायलले दुई संस्था एक भएकोमा खुसी व्यक्त गर्दै नयाँ नामकरण
भएको संस्थालाई शुभकामना पनि दिएका थिए । त्यस्तै संस्थालाई बधाई तथा
शुभकामना दिनेहरुमा हरि उप्रेती, राम भण्डारी, डी पी धौराली, लीला
तिमल्सिना, जिदेन राई पनि थिए । एकीकरण कार्यक्रम नयाँ कार्य समितिको पनि
नामवाला प्रस्तुत गरिएको थियो । यी दुई संस्था गाभिनुलाई सबैले सकारात्मक
रूपमा हेरेका छन् । अमेरिकामा रहेका भुटानीहरूको हितका लागि खोलिएका यी
दुईवटै सामाजिक संस्थाले आ-आफ्नो तर्फबाट सेवा र सहयोगमा जुट्दै आएका भए
पनि एउटै उद्देश्यमा २ संस्था हुँदा हुनु भनेको आफैमा राम्रो कुरो हो ।
जुन निर्णय ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो र हुय्मन होप फाण्डेशनले गरे
त्यो आवश्यक र महत्त्वपूर्ण थियो । यो एकताबाट एकतामा ठुलो बल छ, त्यहीबाट
हामी सवलता र सक्षमताका सामथ्र्यहरु निर्माण गर्न सक्छौँ भन्ने सन्देश पनि
गएको छ । यो पाठ सिकेर अन्य नेपाली तथा भुटानिज संस्ठा पनि एक भइदिए सझ
सहज र सार्थक रूपमा आफ्नो देश र देशवासीको लागि उल्लेखनीय काम गर्न सकिने
देखिन्छ । कार्यक्रम सञ्चालन पूर्ण सिवाकोटीले गरेका थिए भने अन्त्यमा
सबैलाई धन्यवाद संस्थाका उपाध्यक्ष रघु धौरालीले दिएका थिए ।