Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शुत्रबार बिहान आगलागीबाट बजारका २९ घर जलेर नष्ट


तेह्रथुम २,पुष ।  तेह्रथुम जिल्लाको आठराईस्थित सक्रान्ति बजारमा शुक्रबार दिउँसो भीषण आगलागीबाट २९ घर जलेर खरानी भएको छ । शुत्रबार बिहान करिब साढे ११ बजेबाट सुरू भएको आगलागीबाट  बजारका २९ घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बताएको छ।
प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले  आगलागी दिउँसो अढाई बजेबाट नियन्त्रणमा बताएका छन् । पाँचथरबाट आएको दमकल, स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले आगो निभाएको हो।

स्थानीय अग्नि सेढाईंको घरबाट ग्यास लिक भई सुरू भएको आगो केहीबेरमै फैलिएको थियो। पूर्वी पहाडी जिल्ला ताप्जेजुङसँग जोडिएको सक्रान्ति बजार सो क्षेत्रको मुख्य केन्द्र हो।आगो निभाउने क्रममा तीन वटा घर भत्काइएको न्यौपानेले बताइन्। उनका अनुसार म्याङलुङ सदरमुकामबाट ६८ किलोमिटर टाढा रहेको सक्रान्ति बजारमा लागेको आगो निभाउन तेह्रथुममा दमकल नभएकाले पाँचथरबाट झिकाउनुपर्‍यो।   पाँचथर जिल्लाबाट पनि नजिक पर्ने यहाँ करिब दुई सय घर र पसल छन्।
आगलागीपछि बसेको जिल्ला दैवी प्रकोप उद्दार समिति बैठकले आगलागीपीडितलाई तत्कालका लागि ५५ पोका सुक्खा खानेकुरा वितरण गर्ने निर्णय गरेको छ। जिल्लाका सबै सरकारी कार्यालयबाट जनही दुई हजारका दरले सहयोग रकम संकलन गर्ने प्रशासनले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget