Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कलाकार बनाईदिन्छु भन्दै लुटपाट गर्ने पक्राउ ।

   
 काठमाडौं । मोडल बनाईदिन्छु भन्दै पत्रपत्रिकामा विज्ञापन हाल्ने धेरै हुन्छन् । अनि कलाकार बन्ने सुरमा फोन गर्छन् युवायुवतिहरु । तर आफु फसेको थाहै पाउदैनन् । हालैपोखराको एक दैनिक पत्रिकामा मोडल आश्यकता भएको विज्ञापन प्रकाशित भयो । विज्ञापनका आधारमा पोखरा लामाचौरकी एक युवतीले फोन गरिन् । उनलाई पुष्कर खड्का भन्ने मानिसले अन्तरवार्ताका लागि भन्दै पोखराको होटल सन्तोषीमा बोलाएर ३ तोला ५० लाल सुनका गहना, आईफोन र १२ हजार रुपैयाँ लुटपाट गरेका छन् । ।
यो त एउटा उदाहरण घटनामामात्र हो ।
            राजधानि मै यस्ता खुलेआम कलाकार बाईदिन्छु भन्दै योन सम्पर्क गदै पैसा लुट्दै गरेको कति घटना पाईन्छ । खड्काले विभिन्न समयखण्डमा पोखरा र काठमाडौंमा यस्तो प्रकृतिको धन्दा गर्दै आएको खुलेको छ । काठमाडौंको पुतलीसडकस्थित होटल तिरुपती, सुन्धारास्थित न्यू सोनी गेष्ट हाउस, पोखराको निलकमल र होटल सन्तोषीमा युवतीलाई बोलाएर खड्काले लुटपाट गरेको प्रमाण प्रहरीले फेला पारेको छ ।

खड्काले मोडल बनाइदिन्छु भन्दै युवतीलाई बोलाएर धनसम्पत्तिसँगै अस्मिता पनि लुटेको पाइएको प्रहरीले वताएको छ । खड्काले युवतीलाई बन्धक बनाएको राख्ने गरेको वताइएको छ ।

अहिले खड्कालाई काठमाडौं प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएकोजनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget