Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

थिएटर मलमा ‘भोको घर’ (फोटो फिचर) .

भोला अधिकारी
काठमाडौं, १२ पुस ।काठमाडौका सुनधारास्थित नाटकघर थिएटर मलमा सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन भईरहेको छ । नाटकलाई केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका छन् ।

  नाटकमा एकै परिधिमा रुमलिरहने वा रुमलिरहन बाध्य हुने मध्यम वर्गीय सो“च र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्यालाई दृश्यमा उतारिएको छ । मध्यम वर्गको आवश्यकता, सपना, महत्वकांक्षाका साथै समस्या र दुर्घटनाको अवस्थालाई नाटकले मूल विषय बनाएको छ ।
गोठालेले तीसको दशकमा लेखेका नाटक ‘भोको घर’ नाटक हो जुन अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।  ८ वर्ष अघि श्रेष्ठले यस नाटकमा आफैले अभिनय गरेका थिए । अहिले प्रस्तुतिलाई कला र प्रविधिको माध्यमले समसामयिक बनाएर आफैले निर्देशन गरेका हुन् ।

नाटक मञ्चन सुरु भएको दोस्रो दिनदेखि नै थिएटर मलमा दर्शकको आगमन बाक्लिन थालेको नाटकघरकी प्रबन्ध निर्देशक इलिना नकर्मीले बताइन् ।
नाटकमा साठीको दशकको मध्यतिरबाट रंगकर्ममा उत्रेका कलाकारहरुले अभिनय गरेका छन् । कहिले सिनेमा कहिले नाटक गर्दै आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बरालले अभिनय गरेका छन् ।। घनश्याम श्रेष्ठको सुन्दर मञ्च तथा प्रकाश परिकल्पना गरेका छन् ।
नाटक पुस २३ गते सम्म बुधबारबाहेक हरेक सा“झ नाटक ‘भोको घर’ मञ्चन हुनेछ । शनिबार दिउसो १ः३० बजे पनि अतिरिक्त शो राखिएको थिएटर मलले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget