Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नलेखिएको एक प्रेम कथा !

हेम गिरी  (लेखक)

आभास जो अनामिकालाई विद्यार्थी जीवनकालदेखि नै असाध्यै मन पराउथ्यो । अनामिकासँग नजिक हुन चाहन्थ्यो । विभिन्न बाहना बनाएर अनामिकाको नजिकमा रहेर कुरा गर्न रुचाउथ्यो । पहिलो चोटि कसैसँग उ नजिक हुन खोज्दै थियो । अनामिका आफैमा राम्री । सबैले उनको रुपलाई मन पराउथे । उनको व्यवाहार पनि रुप झै राम्रो थियो । कसैको आँखामा राख्दा पनि नबिझाउने किसिमकी अनामिका कसैको प्रेममा परेकी थिइनन । आभासले आफूलाई प्रेम गर्छ भन्ने कुरा अनामिकालाई बिस्तारै थाहा भयो  ! कपि माग्ने बाहनामा आभास अनामिकाको नजिक हुन्थ्यो । अनामिकाले आभासलाई राम्रो साथीको रूपमा लिएकी थिइन । उनीहरुको भेटघाट स्कुलमा मात्र हुन्थ्यो तर. फोन नम्बर साटासाट भएको थियो अनि फेसबुकको म्यसेस बोक्समा अनगिन्ती म्यसेसहरु आदन प्रदान गर्थे उनीहरु । चियाको चुस्कीसँगै गफ भयो भने बेलुकाको खाना खाने समयसम्म उनीहरुले गफ सक्ने थिएनन शनिबार र आइतबार  ! माया त हो नजिक हुँदै गए पछि जसको पनि लाग्दो रहेछ ! अनामिकाले पनि आभासलाई प्रेम गर्न थाली । हरेक दिन म्यसेस हुन्थ्यो उनीहरुको । कुनै दिन फेसबुकमा गफ नभए मुहार बिगारेर बस्थे दुबै जान । कहिले कहि लुकी- लुकी इशारामा खुब गफ गर्थे उनीहरु भेट हुँदा समेत । बिस्तारै उनीहरु एक अर्का बिना बाँच्न नसक्ने भए । आभासलाई लाग्थ्यो, भागवनले अनामिकालाई उसैको लागि संसारमा पठाएको रहेछन । एक अर्का बिना हामी अधुरो छौ भन्ने कुरा दुबै जनालाई लागिसकेको थियो त्यस बेला । अनामिका आभासको फस्ट लभ' थिईन  ! उसले यो भन्दा अगाडी कसैलाई यति धेरै माया गरेको थिएन ! आभासले धेरै माया गर्थ्यो अनामिकालाई । अनामिका पनि उत्तिकै माया गर्थी आभासलाई ! सँगै जिउने अनि सँगै सधै भर बस्ने कसम नै खाएका थिए ! कसम खाने अहिले खासी ठुलो कुरो त होइन तर, कसम टुटायो भने पापा लाग्छ भन्ने त्यि दुबै जनालाई लाग्थ्यो !  एक्कासी निरास हुदै आभासले भन्यो, हेम ब्रो मान्छे जस्तो छ त्यस्तै देखिनु हुँदैन रे ! देखिँदा केहि हदसम्म फरक भएर देखिनु पर्छ रे ! नत्र केटीको नजरमा जिन्दगीमै परिंदैन रे ! सपिंग महलमा बाहिरी सुन्दरता मात्र हेरेर जे राम्रो लाग्यो त्यही टिप्ने अनि किन्ने केटीहरुले केटाको छनौटमा सबै कुरा हेर्छन रे ! त्यस्तै भयो मेरो प्रेममा पनि !' सबै कुरा चाहे जस्तो हुँदैन हुन त सबैको लागि ! आभासको प्रेममा त्यस्तै भयो । लामो प्रेम सम्बन्ध पछि उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्थे तर त्यो हुन सकेन ! अनामिकाको छनौटमा बिस्तारै आभास पर्न  छोड़ेछ । अनामिकाले बाहिरी सुन्दरता हेर्न थालेछिन । एक मुठी सास रहेसम्म अनामिकाको लागि ज्यान हाजिर छ भन्दै हिड्ने आभासलाई अनामिका जस्ती राम्री केटी अरु कोही लाग्दैन । उसले अनामिकाले मन नपरे पनि अनामिकालाई धेरै माया गरिरहेको छ अहिलेसम्म । अनामिका आफ्नै संसारमा रमाउन थालिन ! आभास उनको महत्वको विषयमा परेन अब । अनामिकासँग नजिक भएर कुरा गर्न खोज्थयो आभास तर, अनामिकाको बेवास्ताको कारण आभास पनि उनको नजिक हुन त्यति चाहेन । सुरुमा आभासलाई प्रेम गर्थे भन्ने कुरा समेत भुल्न थालिन अनामिकाले ! उता आभास भने दिन दिनै प्रेमलाई नराम्रो तरिकाले व्यख्य गर्दै थियो ! कसम खाएको पल याद गर्दै अनि अनामिकासँग भएको पुरानो म्यासेजहरु हेर्दै दिन कटाउथ्यो । अहिले त अनामिकालाई नदेखेको पनि धेरै भयो आभासले ! आभासले रुन्चे मुहारमा भन्यो ,"पहिला त 'तिम्रो असाध्यै माया लाग्छ' भन्थी । मलाई केही भए उनलाई नै भए जस्तो गरेर रुन खोज्थी । सबैले हाम्रो जोडिलाई रुचाएकै थिए तर, उसले अर्कैसँग विवाह गरि भन्ने सुन्दैछु । गम्भीर हुँदै उसले फेरी भन्यो,' माया गरिएको सबैसँग विवाह नहुँदो रहेछ । विवाह गरेकाहरुले पनि त घरको स्वस्नी अनि लोग्नेलाई छल्दै दुनियाँलाई माया गर्दै हिड्छन ।' सकिन लागेको रक्सीको गिलास उचाल्दै उसले भन्यो,' विवाह भनेको सेक्स गर्नको लागि प्रमाणपत्र लिए जस्तै रहेछ । विवाह गरिएकोलाई माया गर्न नसकिन्दो रहेछ अनि माया गरिएकोहरुसँग विवाह नै हुन्छ भन्नु नसकिन्दो रहेछ । अनामिकाको नानीहरु भइसकेको छन रे !' अनामिका र आभासको प्रेममा किन त्यस्तै भयो आभासलाई नै थाहा छैन ! कुनै कारण बिना अनामिकाले आभासलाई बेवास्ता गरिन भन्छन उसका नजिककाहरुले चाहि ! एकतर्फी मायाले विवाहसम्म नपुराउने रहेछ ! अनामिकाको मन तन अनि सबै तीरबाट आभास हटीसक्यो तर, आभासको मनमा अझै अनामिका छिन ! उसले भन्दै थियो,"आफ्नो 'फस्ट लभ' अर्को मान्छेको तीन जना नानीको आमा भए पनि साह्रै माया लाग्दो रहेछ । बाटोमा देख्दा त्यही पुरानो याद आउँदो रहेछ । जति नै बोल्न खोजे पनि शब्दहरु केहि भेटिन्न नत्र धेरै कुरा गर्थे उनीसँग ! त्यस बेला त उनले भनेकी नै थिइन, हाम्रो विवाह नभए पनि मलाई यति नै धेरै माया गरिरहनु ल भनेर । त्यही भएर पो हो कि यस्तो धेरै माया लागेको । चुरोट सल्काउदै फेरि उ बोल्यो,' अब त जे सुकै होस ! उसलाई माया गर्न छोडदिन्छु । फेसबुकमा पोस्ट गरेको अनि मोबाइलमा सेभ गरेर राखेको पुरानो फोटाहरु सबै डिलेट गर्दिन्छु । उसँग भएको सबै म्यासेज पनि डिलेट गर्छु ! अब मैले पनि मेरो जिन्दगी सोच्ने बेला भयो ! सधै उनलाई मात्र सम्झेर भएन !' लामो सास फेर्दै आभासले भन्यो," हेम ब्रो अब म पनि विवाह गर्छु ! मैले अनामिकालाई माया गरेको देखेर अनि अनामिकासँग मेरो प्रेम सम्बन्ध रहेको थाहा पाएर केहि नभनी बसेको रहेछिन नीलमले तर, अहिले सबै कुरा थाहा पाएछिन अस्ति सबै कुरा भनिन ! मलाई पनि माया गर्ने मान्छे रहेछन भन्ने लाग्यो ! अब उसैसँग जीवन बिताउछु ! सँगै जिउने अरुसँगै कसम खाए पनि के गर्नु र अब कसम खानेले भूलीगए ! छिटै विवाह हुने कुरा छ हाम्रो अनामिकाको स-परिवारलाई पनि बोलाएको छु हेरौ आउछँन या आउदैनन । केहि महिना पछि आभासको पनि विवाह भयो । अनामिकाको स-परिवार आएको थिए आभासको विवाहमा । यो लेखक पनि त्यो विवाहमा पुगेको थियो त्यस बेला यो लेखकले अरु कतै नहेरी अनामिकाको मुहार मात्र हेर्यो ! त्यस बेला अनामिकाको मुहारमा ठुलो समस्या परेको जस्तो देखिन्थ्यो ! हो रहेछ, माया गरिएको सबैसँग विवाह हुन नसक्दो रहेछ अनि विवाह गरिएकोसँग माया गर्न नसकिन्दो रहेछ !
लेखक कार्यक्रम भूटानी ढुकढुकीका कार्यक्रम प्रस्तोता हुन !

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget