सांगीतिक आकाशमा चम्किन्दै शान्ति !
आगोपाटी समाचारदाता, अमेरिका
नेपाली गीत संगीतमा नेपाली भाषी भूटानी युवा पुस्ताहरुको पकड निकै नै बलियो बन्दै गईरहेको छ अहिले । युवा पुस्ताहरुले तताएको सांगीतिक क्षेत्रलाई पुन तताउन शान्ति काफ्ले बजारमा आउन लागेका छन् । २३ वर्षीया काफ्लेले "तिम्रै साथमा.." नामक एल्बममा समेत स्वर दिई सकेका छन । अमेरिकाको मेचीगनमा बसोबास गरिरहेका गीतकार रवि खनालको शब्दमा सझिएको एल्बममा काफ्लेले आफ्नो स्वर दिएका हुन । १७ वर्षको उमेर हुँदा देखि नै सांगीतिक क्षेत्रमा लागेका काफ्लेले निकट भविष्यमा एल्बम बजारमा ल्याउने तयारी गर्दैछन । ७ वटा गीत समावेश गरेर काफ्लेले एल्बम बजारमाँ ल्याउन लागेका हुन । नेपालको सांगीतिक क्षेत्रमा सक्रिय भएर लागिरहेका उनीले अमेरिकन सांगीतिकलाई पनि आत्मा साथ गर्दै अघि बढिरहेको जानकारी गराएका छन । उनी अहिले अमेरिकामा बसोबास गर्दछन् । तर बिदेशी भूमिमा समेत उनले निरन्तर रुपमा नेपाली गीत संगीतको जगेर्ना भने गरिरहेका छन् | विभिन्न सांगीतिक कार्यक्रममा उनको प्रस्तुति निकै दमदार हुने गर्दछ । उनले थुप्रै कवर सोङ्गहरु पनि गाईसकेका छन् । संगीतलाई जीवनको अभिन्न अंग ठानिरहेका काफ्लेले धेरै लामो समय देखिको उनको नेपाली गीत संगीत प्रतिको इच्छा चाहनालाई उनले अहिले आएर सहि मार्ग दर्शन गर्दैछन् | नेपाली दर्शकहरुको टेस्टलाई बुझेर आफ्नो पहिलो एल्बमको निर्माण गर्न लागेको कुरा बताएका छन् । उनले आफ्नो एल्बममा लोक आधुनिक गीतहर समावेश गर्ने जमर्को गर्दैछन । सो एल्बमले नेपाली दर्शकहरुको मन जित्ने विश्वास उनले ब्यक्त गरेका छन् | उनले एल्बमको नाम अहिले नै नजुरेको केहि समयपछि नाम जुराउने बताएका छन् | अबको केहि समयमा नै दर्शकहरुले आफ्नो प्रस्तुति हेर्न पाउने जानकारी उनले दिएका छन् | त्यस्तै उनले सम्पूर्ण नेपाली दर्शकहरुलाई आफ्नो पहिलो प्रस्तुतिलाई हेरेर सुनेर सहि मुल्यांकन गरि कमि कमजोरीहरु औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुने हृदय देखि नै हार्दिक अनुरोध गरेका छन् | एल्बम बजारमा ल्याउनु बाहेक अंग्रेजी गीत समेत गाउने योजनामा काफ्ले रहेका छन । नारयण गोपाल र कर्ण दासबाट धेरै प्रभावित भएका काफ्ले आफ्नो इच्छा अनि खुसीको लागि गीत गाउने गरेको बताए ।