पुर्व राजा आगामी महिना भारत जाने ।
भोला अधिकारी
काठमाडौं ७,पुष । पूर्वराज ज्ञानेन्द्र शाह केहि समय अघि विदेश यात्रा निस्किएको एक महिना नपुग्दै फेरी भारत जाने तयारीमा रहेका छन् ।
नेपालमा जव राजनितिक गतिविधि चर्को हुदै जान्छ राजा झन सक्रिय बन्दै गएको देखिन्छ । हिजो एक विज्ञप्ति जारी गर्दै जनतालाई देश बचाउन आग्रह ग्ेका थिए । पुर्व राजा ज्ञानेन्द्र शाह अर्को महिना भारत भ्रमणमा जानुहुने भएको छ । उडीसाको पुरीस्थित गोवद्र्धन पीठमा आउँदो माघ ५ देखि ७ गतेसम्म हुने विमला भवानीको मूर्ति प्रतिस्थापन विशेष सहारोहमा उहाँ त्यसतर्फसरिक हुने बताईएको छ ।
सोही स्थानमा शंकराचार्य जगद्गुरु स्वामी निश्चलानन्द सरस्वतीको आश्रम पनि रहेको छ ।
उहाँले पहिलो दिनको कार्यक्रममा सहभागिता जनाउने इच्छा प्रकट गर्नुभएको जनाइएको छ । पूर्वराजा नै भएपनि कुनै बोला विश्वको एक मात्र हिन्दु सम्राट भएको हिसाबले उहाँलाई त्यहाँ निम्त्याइएको बताईएको छ ।