Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शान्ती इन्टरटेनमेन्टद्वरा दुई सर्जक सम्मानित

 आगोपटी समाचारदाता
 शान्ति इन्टरटेनमेन्टद्वरा काठमाडौं शाखा कार्यलयमा डिसेम्बर ३ तारिख २०१६ मा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । उक्त्त कार्यक्रममा नेपाली साहित्य र गीत संगीतका दुई वरिष्ठ ब्यक्तित्वहरुलाई सम्मन गरिएको छ । विभिन्न मिडियाका कर्मचारी र विशिष्ट व्यक्तीहरुको बाक्लो उपस्थिती बीच सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ गीताकार ज्ञानेन्द्र गदाल र मधुर स्वरका धनी गायक मुरारी भट्टराई सम्मानित हुनु भएको थियो । ज्ञानेन्द्र गदाल लाई नेपाली भाषा,साहित्य र समाज सेवामा थुप्रै योगदान पुर्‍याए वापत सम्मान गरिएको थियो भने भट्टराईलाई गीत संगीतलाई बलियो टेवा पुर्‍यए वापत सम्मान गरिएको थियो । दुवै सर्जकहरुलाई समारोहबीच पुष्प गुच्छा सहित सम्मान-पत्र प्रदान गरिएको थियो । उक्त्त कार्यक्रममा शुभकामना ब्याक्त गर्दै गदालाले शान्ति इन्टरटेन्मेन्टका  प्रबन्ध निर्देशक हरि उप्रेतीको कार्य योजना र यो डिजाईनको मुक्त्त कण्ठले प्रशंसा  साथै आउने हरेक कार्यक्रममा सहयोगका लागि आफु खुल्ला रहेको प्रतिबद्दता जनाउनु भएको जानकारी शान्ति इन्टरटेन्मेन्टका महासचिव पुर्ण राईले जानकारी गराउनु भयो । साथै सम्मानित हुन भएका भट्टराईले गीत संगीतामा धेरै कृयकलापहरु भए तर शान्ति इन्टर्टेन्मेन्टमा जति सहजता अरु काँही नपाएको र यो सम्पुर्ण कारण हरि उप्रेती जस्तो ब्यक्तित्वको निर्देशनमा भएको बताउनु भयो । आगामी कार्यक्रमहरुमा संगै सहकार्य गर्ने समेत प्रतिबद्दता जनाउनु भएको छ । यसै गरी स्वागत तथा सम्मान कार्यक्रम बीच शाखा कार्यलयका प्रमुख बिकास चौधरिले तत्काल हुने कार्यक्रमका बारेमा सम्पुर्ण सहयोगिमनहरुलाई धन्यवाद दिँदै  जानकारी गराउनुभएको थियो । यही मंसिर २७ गते २०७३ दिन रौतहट जाने र २८ गते निशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्ने साथै मंसिर २९ गते सर्लाही जिल्लामा न्यानो कार्यक्रम अन्तर्गत २०० देखी ३०० कम्मल वितरण गर्ने उद्घोष गर्नु भएको कुरा महासचिव राईले आगोपाटीलाई जानकारी गराउनु भयो । उक्त कार्यक्रम सम्पन्न पश्चात काठमाडौंमा दुई महिना भित्र रक्त्तदान कार्यक्रम समेत सम्पन्न गर्ने कुराको जानकारी गराउनुभयो ।



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget