Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

के एल टावर उपहार योजनाको टिभिएस अपाचे मोटरसाइकल तथा जेष्ट स्कुटर बाँडियो

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच उपहार कार्यक्रममा सहभागि तीन जनालाईटिभिएसको अपाचे आरटिआर मोटरसाइकल, जेष्ट स्कुटर तथा थाइल्याण्डको बैंङ्कक भ्रमणको प्योकज बितरण गरेको हो । 
Displaying KL Tower_3.jpg
टावरले उपहार योजना अन्तरगत एक हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो । यसरी ग्राहकले उपहार योजनामा राखेका १२ हजार बढी कुपनहरुबाट कुपन नम्बर ९६२३ का विजेता सरिता गुरुङ्गलाई टिभिएसको अपाची आरटिआर मोटरसाइकल प्रदान गरिएको छ । त्यसै गरी कुपन नम्बर १०६८८ का लोप्साङ्गले टिभिएस जेष्ट स्कुटर हात पारेका छन् भने कुपन नम्बर ८९०२ का अनिता श्रेष्ठले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् । उपहार योजनाका विजेताहरुलाई टिभिएस नेपालका उपाध्यक्ष दिपक अग्रवाल, के एल टावरका प्रबन्धक रमेश कक्षपतिले संयुक्त रुपमा उपहार बितरण गरेका थिए ।
Displaying KL Tower_2.jpg
रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा सहभागि भएका ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाएका थिए । जसमा दैनिक उपहार योजना अन्तरगत ३५ जनाले जेडटिईको स्मार्ट फोन, ४० जनाले एफक्युबको सिनेमा टिकट, ६० जनाले शपिंग भौचर पाएका छन् । त्यसै गरि गोदरेज ब्राण्डका टेलिभिजन सेट, वासिंग मेसिन, रेफ्रिजिरेटर, माइक्रो ओभन तथा टाइमेक्स घडी एक एक जनाले हात पारेका छन् । 
Displaying KL Tower_1.jpg
दशैं तिहारमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । असोज १० गते सुरु भएको उपहार कार्यक्रम कात्तिक २७ गतेसम्म चलेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget