राजधानिमा गुडे पहेला बस ( फोटो फिचरसहित)
भोला अधिकारी
काठमाडौ,३०,मंसिर । काठमाडौमा अव हरिया साझा र राता महानगर बस देखिदै आएको छ भने अव काठमाडौंको चक्रपथमा त्यस्तै ठूला ओरेन्ज बस संचालनमा आएका छन्।
यस बसलाई श्री दुप्चेश्वर यातायात प्रालिले पहिलो चरणमा १० वटा ओरेन्ज बस संचालनमा ल्याएको हो। बसले हिजो बुधबारदेखि चक्रपथ परिक्रमा गर्न थालेका छन्।
चालकसहित ५५ सिट क्षमता रहेको बसमा यात्रुहरुको सुरक्षाका लागि सिसी क्यामरा पनि जडान गरिएको छ। तत्कालका लागि डिस्प्ले टिभी राखिएको छैन । केही दिनमा भने डिस्प्ले टिभी जडान गर्ने तयारी गरिरहेको अध्यक्ष चित्रबहादुर थापाले बताए ।
झन्डै ४ करोड ३५ लाखको लागतमा ति बसहरु संचालनमा आएका हुन्। ‘ अशोक लेल्याण्डको ओरेन्ज बसमा ढोका बीच भागमा रहेको छ।