Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ध्वस्त उच्च माविको पुननिर्माणको लागि शिलान्यास ।

 
भोला अधिकारी
सिन्धुपाल्चोक २०,मंसिर । भुईचालेले ध्वस्त पारिएको स्कुल सञ्चालनमा ल्याउने भएको छ ।सिन्धुपाल्चोक जिल्ला स्याउले गाविस स्थित श्री सेतीदेवी उच्च माविको पुननिर्माणको लागि शिलान्यास गरिएको छ । गत  सालको बैशाख १२ गते गएको विनासकारी भुकम्पले सिन्धुपाल्चोको यो विद्यालय पुया रुपमा ध्वस्त भएको थियो । शिलान्यास पछि दातृ निकायहरुको सहयोगमा विद्यालय पुननिर्माण गर्न पाउने भएपछि  स्थानीय अभिभावकहरुमा खुसी छाएको र विद्यालयले पनि गर्व गर्ने बेला आएको बताए  । सरकारले विद्यालय पुननिर्माणमा खासै चासो नदेखाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान जोन्छेको विशेष पहलमा दातृ निकायको सहयोग जुटाएर विद्याालय पुननिर्माण सुरु गरेको हो ।

करिब एक बर्षको अथक प्रयास पछि स्याउले गाबिस स्थित सेती देवी मा बि को पुनः निर्माणकोलागि आइतवार एसियाली फूटबल महासंघ ९ब्ँऋ० का सामाजिक उत्तरदायित्व समितिका अध्यक्ष ब्जmभम भ्ष्म क्। ब् िज्बचदष् र स्थानीय निर्माण कम्पनी टक्सार निर्माण सेवा का प्रतिनिधी छत्र तामाङबीच सम्झौता गरी विद्यालयको शिलान्यास भएका हो ।  दुई करोड ४० लाख लागतमा निर्माण हुने उक्त विद्यालयमा आवश्यक फर्निचर, छात्र छात्रा र अपाङ्गता मैत्री छुट्टाछुट्टै शौचालय सहितका सुबिधासम्पन्न १८ वटा भूकम्प प्रतिरोधी कक्षाकोठा निर्माण हुने अध्यक्ष जोन्छेको भनाई छ । कार्यक्रममा एसियाली फूटबल महासंघ ९ब्ँऋ० का प्रतिनिधीहरू म्च। ब्ललबतजगचबष् च्बलनबलबतजबल, ब्कजखष्लमभच द्यचबच, अखिल नेपाल फूटबल संघ ९ब्ल्ँब्० का अध्यक्ष नरेन्द्र श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष मणी कँुवर, जिल्ला फूटबल संघ मकवानपूरका बरिष्ठ उपाध्यक्ष मनिश श्रेष्ठ, जिल्ला फूटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष बीर बहादुर खड्का, उपाध्यक्ष अमृतमान श्रेष्ठ, अगुवा स्रोतकेन्द्र चौताराका स्रोतव्यक्ति कृष्ण बहादुर गुरूङ, बिभिन्न राजनीतिकदलका प्रतिनिधीहरू विच सम्झौता सँगैै विद्यालयको पुननिर्माण सुरु गरिएको हो ।

विद्यालय बन्ने भएपछि विद्यार्थी र अभिभावकले अब खुल्ला चउरमा बसेर पढ्नु पर्ने बाध्यता हट्ने भन्द खुसी व्यक्त गरेका छन् । आफूले देखेको एउटा सपनाले साकार रुप पाएको बताउँदै यस विद्यालयको पुनः निर्माण कार्यको शिलान्यास भएकोले सहयोग जुटाउने क्रममा व्यहोरेका सारा कष्ट र व्यवधान आफूहरुले जितेको र सामूहिक प्रयासबाट नै यो सबै सम्भव भएको र विद्यालय प्रति सकारात्मक भावना राख्नको लागि अध्यक्ष जोन्छेले सरोकारवालाहरुलाई अनुरोध गर्नु भयो । यसका साथै यस भेगका ६०० विद्यार्थी लाभान्वित हुने उक्त विद्यालयको निर्माणमा रकम जुटाई दिने एसियाली फुटबल महासंघ  र समन्वयकारी भूमिका निर्वाह गर्ने अखिल नेपाल फूटबल संघ प्रति सँधै आभार समेत व्यक्त गरे ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget