भोला अधिकारी
पोखरा २४,मंसिर । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ ।
जुत्ता प्रहार गर्ने व्यत्ति पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत सञ्जिव भट्टराईले भट्टराई माथी जुत्ता प्रहार गरेका हुन ।उन्लाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
बिहिवार नयाँ शक्ति विद्यार्थी युनियनले क्याम्पस हातामा नयाँ विद्यार्थीका लागि आयोजना गरेको स्वागत कार्यक्रममा बाबुराम प्रमुख अतिथि थिए ।
त्यही मौका छोपेर सञ्जिवले ताकेर भट्टराईलाई जुत्ता प्रहार गरे तर बावुरामलाई उत्त जुत्ताले । लाग्न पाएन । त्यसपछि उनले कालो झन्डा देखाउँदै बाबुरामविरुद्ध नाराबाजी गरेका थिए । संजिव पुर्व लडाकु हुन की भन्ने आशंका गरिको छ । कार्यक्रममा नयाँ शत्तिका नेता देवेन्द्र पौडेल,अभिनेत्री करिष्मा मानन्धर लगाएतले संबोधन गरेका थिए ।