कतारमा कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुनपर्ने ।
काठमाडौं २८,मंसिर । अब नेपालीले रोजगारीका लागी कतारमा कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुनपर्ने भएको छ ।
हालै कतार सरकारले लागू गरेको ‘काफला’ प्रणाली अन्त्य गर्ने घोषणा गरे पछि यो समस्या अन्त्य भएको छ । रोजगारीमा कतारमा रहेका नेपालीहरुलाई यस कुराले राहत मिलेको हो ।
दोहाका सरकारी अधिकारीहरुले ‘कन्ट्रयाक्ट’ मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा गर्ने दाबी गरेका छन् । तर, अधिकारकर्मीहरुले नयाँ प्रणालीले पनि कामदारको सुरक्षा हुन नसक्ने बताएका छन् । उनीहरुले कामदारहरु स्वदेश फर्कन राजगारदाताको अनुमति चाहिने भन्दै असन्तुष्टि जनाएईको बताईएको छ ।
सरकारी अधिकारीहरुले ‘काफला’ प्रणालीलाई विस्थापित गर्ने नयाँ कानुनले रोजगारीमा थप लचकता अपनाउने र विदेशी कामदारको सुरक्षा दिने बताएका छन् । यो प्रणाली लागु गर्न केहि समय लाग्ने कतारी अधिकारीले जनाएका छन् ।