त्यस्तै २०५५,५६ साल तिर कलाकारितासँग सँगै पढ्न आएका थिए सुनसरीका ज्ञानेन्द्र कोईराला । तर उनि हाल राजधानीमा बसेर कलाकरिता गरेका छैनन् । उनी झापाकै स्थानिय टेलिभिजन मार्फत स्टुडेन्ट भन्ने सिरियलमा रहेका छन् । राजधानीका ठुला मिडियामा आउने सिरियलहरु आर्थिक रुपले भकाभक बन्द भईरहेका बेला मोफसलको हालत के होला ? हाल स्टुडेण्ट सिरियल निकै चर्चामा रहेको छ । स्टुडेण्ट सिरियलका चर्चित निर्देशक ज्ञानेन्द्र कोईरालासँग आगोपाटी डक कम का भोला अधिकारीले गरेको कुराकानी ः
१. मोफसलबाट चलचित्र, टेलिचलचित्र चलाउन कतिको सजिलो छ ?
चलचित्र बनाउन भन्दा चलाउन अहिलेको समयमा गार्है छ,त्यस माथि मोफसल बाट झनै गार्हो कुरा हो ।टेलि चलचित्र पनि त्यति सजिलो छैन ,मोफसलमा बसेर राष्ट्रिय बिज्ञापन पाउन गार्हो छ, लोकल बिज्ञापन बाट चलाउनु पर्ने हुन्छ ,जुन बिज्ञापन ले सिरियल धान्न कठिन छ ,तथापि जहाँ ईच्छा त्याहा उपाय भनेझै हामीले बिगत केही बर्ष देखि मोफसलमा पनि लागि परेका छौ ।
२. अरु राजधानी कला प्रदर्शन गर्न आउछन् तर तपाईं किन आउनु भएन ?
राजधानी आउदै नआको चाहिँ होइन म पनि यो क्षेत्रमा राजधानीकै उत्पादन हु ।साँस्कृतिक सस्थान बाट छैठौं समुहको अभिनय को बिद्यार्थी हु र अहिले कलाको दायरा फराकिलो भएर बिश्वब्यापी भईरहेको समयमा ,सबै राजधानी मुखी भइरहेको अवस्थामा म लगायत केही साथीहरू मोफसल बाटै लागिपरेका छौ हामी यतै बाट संघर्षरत छौ तर राजधानी आउदै नआउने चाहिँ होइन ।
३. स्टुडेन्ट सिरियल कसरी निर्माण गर्ने योजना आयो ?
सन्तान सबैका, चलन चल्ती,टेलि चलचित्र हिमशिखर टेलिभिजनबाट हामीले प्रदर्शन गरे पछी यो मेरो तेस्रो सिररयल हो ,यसका निर्माता जय नारायण तिम्सिना र लेखक कृष्ण अनमोल लगायत कलाकारले छैठौं भाग सम्म निर्माण गरिएको थियो म चाहिँ सातौ भाग देखि सहभागी भएको हु यस्लाई ५२ भाग भन्दा माथि पुर्याउने छौ ।
४. कलाकारलाई मोफसलमा बाच्न सकिन्छ त ?
अलिक गार्है छ तर मेहनतका अगाडि यो गार्हो भन्ने शब्द पनि भाग्दो रहेछ ।
५. कलाकार बन्न चाहानेलाई के सुझाव दिनुहुन्छ ?
कुनै पनि क्षेत्रमा रुचीका साथै मेहनत र त्यस क्षेत्र प्रति सीप र ज्ञानको आवश्क पर्छ ,त्यसैले कलाकार बन्न यदि जो कोहि ईच्छुक हुनुहुन्छ भने ।यश सम्वन्धी राम्रोसँग सिकेर आउनुस ।