Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ममताको ‘शिरैफूल’मा पार्वतीको छमछमी (भिडियोसहित)


भोला अधिकारी
काठमाडौं, २३ मंसिर । गायिका ममता राई श्रोता तथा दर्शकमाझ ‘शिरैफूल..’ का साथ आएकी छन् । ‘ममता’ नामक गीति एल्बममार्फत नोपाली गायन क्षेत्रमा चिनिएकी ममताले आफ्नो पछिल्लो एल्बम ‘हाङ्मा’ मा समावेश ‘शिरैफूल’ बोलको गीतलाई भिडियो सार्वजनिक गरेकी हुन् ।
         राष्ट्रिय भावना ओतप्रोत बोकेको यस गीतको भिडियोमा चर्चित नृत्यांगना तथा मोडल पार्वती राई लगायतले अभिनय गरेका छन् । यस भिडियोलाई सुजन लामाले निर्देशन गरेका हुन् भने छायांकन फोटो पत्रकार नविनबाबु गुरुङले गरेका हुन् ।
विशेषगरी पुर्वेली लोक आधुनिक गीतमा पोख्त ममताले राष्ट्रिय भावनाको गीत गाएको यो पहिलोपटक हो । शिव संगम राईको शब्द तथा संगीत रहेको ‘शिरैफूल’ गीतमा नेपालप्रतिको माया र गौरव दर्साएको छ भने अर्कोतिर रोमान्टिक पनि छँदैछ । गोपाल रसाइलीको एरेञ्ज रहेको यस गीतमा पनि पुर्वेली फ्लेवर पाइन्छ । यसबारेमा गायिका ममताले भनिन्, ‘हाङ्मा एल्बममा सबै प्रकारका गीत समावेश गर्ने प्रयत्न गरेकी छु । जसमध्ये शिरैफूल पुर्वेली लोक फ्लेवरमा राष्ट्रिय भावनामा आधारित गीत हो ।’
यस गीतबाट आफू धेरै अपेक्षा गरेको उनले बताइन् । ‘सधै एकै प्रकारको गीतमात्र किन गाउने भनेर यसपटक राष्ट्रिय भावना बोकेको गीत गाएकी हुँ’ ममताले भनिन्, ‘यो गीत श्रोता तथा दर्शकले रुचाउँछन् भन्ने मलाई लागेको छ ।’ ‘हाङ्मा’ को अर्थ किरात भाषामा रानी हो । जुन एल्बमलाई चाँडै रिलिज गर्ने ममताले बताइन् । ‘शिरैफूल’ बोलको यस गीतको भिडियोलाई ममताले आफ्नै यु–ट्युब च्यानल ‘नेपाली संगीत घर’मार्फत रिलिज गरेकी हुन् ।




Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget