भारतको मुम्बइमा एउटा भवन भत्किदाँ कम्तीमा तीन जनाको मृत्यु,१२ जना भन्दा बढी घाइते ।
मुम्बई । आज भारतको मुम्बइमा एउटा भवन भत्किदाँ कम्तीमा तीन जनाको मृत्यु भएको छ । उत्त भवन भत्किदा १२ जना भन्दा बढी घाइते भएको भारतिय सञ्चार माध्यमले बताएका छन्।
“बिहीबार बिहान मुम्बईको महाराष्ट्र नगर क्षेत्रमा घर भत्किदाँ मृत्यु भएका तीन जनाको शव भेटिएको छ,” घाइतेहरुलाई तत्काल अस्पताल लगिएको छ, एक प्रहरी अधिकारीले बताएका छन् ।
स्थानीय टेलिभिजन च्यानलहरुले उद्धारकर्ताहरुले उद्धार गर्दै गरेको अवस्थाका दृश्यहरु देखाएका छन् । घटनाको कारणका बारेमा प्रारम्भिक अध्ययन गर्दा घर निर्माणमा नै कमजोरी देखिएको सरकारी अधिकारीहरुले बताएका छन्। अझै मान्छे पुरिएको हुन सक्ने प्रहरीले बताएका छन् । रासस