Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दुई प्रहरीसहित पाँच जना घाइते



विराटगनर २४ मंसिर । पूर्वाञ्चलका बिभिन्न जिल्लामा बिहिबार साँझ सवारी दुर्घटनामा परी दुई प्रहरीसहित पाँच जना घाइते भएका छन्।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको पोर्ताहामा बिहिबार साँझ को २६ प ७३१७ नम्बरको मोटरसइकलले ठक्कर दिएर साइकलमा सवार सप्तरी मधुवापुर २ का ४० वर्षिय बिरेन्द्र मुखिया घाइते भइएका छन् ।  मुखियालाई बिहिबार साँझ ६ः३० बजे पोर्ताहा २ मा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को. २६ प ७३१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते उनको भारदह अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी झापाको गौरादह नगरपालिका १३ थापाचोकमा बिहिबार साँझ अज्ञात सवारी साधनले ठक्कर दिएर साइकलमा सवार गौरीगञ्ज ५ का ३५ वर्षिय प्रकाश मोची घाइते भएका छन् । साँझ ७ बजेतिर गौरादह बजारबाट घर फर्कदै गरेका मोचीलाई पहिचान तथा नम्बर खुल्न नसकेको सवारीले ठक्कर दिएको थियो । गम्भीर घाइते उनको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका १० स्थित ट्रान्सपोट लाईनमा राती ९ बजे सिआरभि पोष्ट खनारबाट गस्तीमा रहेका दुई प्रहरीलाई बा ८ च २८६८ नम्बरको स्कारपियो जीपले ठक्कर दिएको छ । ठक्करबाट प्रहरी जवान बिक्रम कार्की र हेमराज पाण्डे सामान्य घाइते भएका छन । 
साँझ ७ः३० बजे सडक किनारमा सिटी चालक लडिरहेको देखेर उठाउन जाँदा ईटहरीबाट तिव्र गतिमा आएको जीपले उनीहरुलाई ठक्कर दिएको थियो। जीपको ठक्करबाट बा. १ झ ८०९० नम्बरको सिआरभि भ्यानको ढोकामा समेत सामान्य क्षति पुगेको छ। घाइते प्रहरीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ।
सुनसरीकै रामगञ्जबेलगछिया.३ मा बिहिबार साँझ नम्बर नखुलेको मारुतीले ठक्कर दिएर रामगञ्जबेलगछिया ३ बस्ने अकाली देवी राय घाइते भएकी छिन । घाइते महिलाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने फरार मारुती भ्यानका चालकको प्रहरीबाट खोजी भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget