Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चोभारमा नाच्दै गरेका भेटिए ,राजेश हमाल देखी पत्रकारसम्म(फोटो पिचर)

   
भोला अधिकारी
काठमाडौ ६,पुष ।  राजधानीको चोभर डाडामा नेपाली चलचित्र क्षेत्रका हस्ती अभिनेताहरुले देशभक्ति गीत ‘जय जय नेपाल।।’अभिनय गरेका छन् । अभिनय गर्नेमा महानायक नायक राजेश हमाल देखि सरोज खनाल ,अभिनेत्री सरिता लामिछाने ,निर्माता तथा कलाकार नवल खड्का, निर्देशक शोभित बस्नेत,उत्तक केसी, निर्मल शर्मा गैडा, गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ,इकु सुलेमान ,एलिशा राई,दर्पण राई , नीराजन प्रधान ,शरवानी पाण्डे,जून श्रेष्ठ,इन्जिनियर रामहरी फुयाल,रंगपत्रकार आरडि श्रृखला, कुबेर गिरी लगायत अन्य धेरै कलाकारको जय जय नेपाल’को म्युजिक भिडियो मा अभिनय देख्न सकिने छ ।

म्युजिक भिडियोमा निर्देशक सशान कडेलले गरेकाछन् । सवै कलाकार  नेपाली पोशाकमा प्रस्तुत भएका थिए ।अभिनेता राजेश हमाल देखि सरोज खनाल सम्मले देशभक्ति गीत भएकोले यति धेरै कलाकार एक्कै ठाउमा जम्मा भएर म्युजिक भिडियोमा अभिनय गरेको बताए । त्यस्तै गायक सिडी बिजय अधिकारी र मनीषा राईको स्वर रहेको ‘जय जय नेपाल।।’गीतलाई अलोक चामलिंग राईले लेखेका हुन । उत्सव दाहालको छायांकन रहेको उत्त गीतलाई ,श्रीजन बरालको नुत्य निर्देशन रहेका छन् ।  गीतलाई चाँडै सार्वजनिक गरिने निर्देशक कडेलले बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget