भोला अधिकारी
काठमाडौ २०,मंसिर । केही नेपाली चलचित्रमा काम गरिसकेका मोडल ममता शर्मा यतिबेला बलिउडमा छाउन थालेकी छन् । हिन्दी चलचित्र द पावरबाट बलिउड सिने नगरीमा प्रवेश गरेकी ममता शर्मालाई यतिबेला कामको चापले डेट मिलाउन हम्मे हम्मे परिरहेको उनका सहयोगिले बताएका छन् ।
दुई वटा नेपाली चलचित्रमा काम गरेकी भए पनि ती चलचित्र प्रदर्शनमा आउँन सकिरहेको छैन । केही समय पहिले नेपाल आएकी बखत लोकप्रिय गायक राजेश पायल राईको चर्चित गीत लाखौं जन्म....को म्युजिक भिडियोमा मोडलिङ्ग गरकी थिईन् । जुन म्युजिक भिडियोले निकै चर्चा कमाएकी ममता एकाएक बलिउड हानिएकी थिइन् ।
हालै नेपाल आएको मौका छोपी युवराज वाईबाले एक म्युजिक भिडियोमा खेलाएका छन् । युवराज वाइबाको निर्देशन रहेको सो म्यूजिक भिडियोमा ममतालाई माडेल योजराज पाण्डेले साथ दिएका छन् । दिल्ली, गुँणगाउँ बस्दै आएकी ममता शर्मा स्थानीय स्तरमा निर्माण हुने प्राय साबैजसो म्युजिक भिडियोमा देखिने गर्छिन् भने फिल्ममा पति त्यतिकै सकृय रहेकी छन् ।
https://www.youtube.com/watch?v=RmDL7m_e5as&feature=share