Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बन्ठेको पोष्टर र गीत सार्वजनिक भिडियो सहित

काठमाडौं। ऐतिहासिक एवं साँस्कृतिक कथा बस्तुमा बनाएको ब्यवसायिक कथानक चलचित्र बन्ठेको पोष्टर र प्रेम गित यु–ट्युब मार्फत सार्वजनिक गरिएको छ ।

 “ कुन गित गाउँ म तिम्रो लागी ” शिर्षकको गीत र पोष्टरले यु–ट्युबमा प्रवेश पाएसँगै फिल्म प्रदर्शनको अन्तिम तयारीमा रहेको फिल्म युनिटले जनाएको छ । आदिवासी जनजाती समुदाय सिमान्तकृतको कथालाई कलात्मक ढंगले पर्दामा उतारिएको चलचित्र पोष्ट प्रकाशनको काम भइरहेको र ट्रेलर पनि सार्वजनिक गरिने स्रोतले बतायो ।

पुर्व सुचना तथा सञ्चारमन्त्री शेरधन राई र पुर्व शहरी विकासमन्त्रि डा नारायण खड्काले भब्य समारोहका विच शुभमुहर्त गरेको चलचित्रको मुख्य भुमिकामा अभिनेत्रि संञ्चिता लुईटेल र उदयमान नबनायक उमेश शिवाकोटी रहेका छन् ।

युवा निर्देशक भोमन कटवालले निर्देशन गरेको फिल्म विजय बस्नेतले छायाँकन गरेको हुन् । विशालप्रसाद अधिकारी र शारदा खड्का निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दुर्गा घिमिरे रहेकी छिन् । फिल्मका कथा नायक उमेश शिवाकोटीले लेखेका हुन् ।

आदिवासी समुदायको कथामा बनेका कबडी–कबडी ब्यवसायिक रुपमा सफल भएसँगै पिछडिएका जातिको कथामा सिनेमा बन्न थालेको र यो फिल्म सोही समुदायको प्रतिनिधित्व गर्ने फरक, यर्थात र मसलेदार स्वाद दिने र फिल्मलाई दर्शकहरुले माया दिने र पुर्ण सफल हुने फिल्मका कार्यकारी निर्माता दुर्गा घिमिरेले बताइन् ।







Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget