अंग्रेजी नयाँ वर्षको अवसरमा मादक पदार्थ सेवन हालसम्म कै उच्च .
काठमाडौ,१७,पुष . नयाँ बर्षको अवसर पारेर मापसे गर्ने अहिलेसम्मकै धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ । मापसे गरेर ड्राइभिङ गर्नेहरुको संख्या हालसम्मकै अत्याधिक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका तीन जिल्लामा प्रहरीले शनिवार नयाँ बर्षको आगमनका अवसरमा साँझ सात बजेदेखि विहान चार बजेसम्म मापसे जाँच गरेको थियो ।
‘हामीले उपत्यकका एक सय भन्दा बढी स्थानमा मापसे चेकिङ गरेको थियो ।’ ट्राफिक महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले भने, ‘मापसे गरेर सवारी चलाउने ४५९ जनालाई कारवाहीको कार्वही गरेका छौ।’ उनका अनुसार यो तथ्यांक हालसम्मकै उच्च हो ।
ट्राफिक प्रहरीले विशेषगरी ठमेल र दरबारमार्ग क्षेत्रमा हुने मापसे ड्राईभिङ नियन्त्रण गर्न कडा जाँच गरेको थियो ।न्यु ईयर इभ मनाउन ठमेल र दबारमार्ग क्षेत्रमा पुगेका अधिकांश ब्यक्तिहरु मदिराको नशामा लठ्ठिएका देखिन्थे ।त्यस्तै पहिले १० देखि १२ जनामात्र मापसे गरेका चालक फेला पर्ने ललितपुरको सातदोवाटो चोकमा शनिवार राती ४२ जना चालक कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शनिवार लेन अनुसशानसन उल्लंघन गरेबापत ४९, निषेधित स्थानमा पर्किङ ३, जेब्रा क्रसिङमाथी सवारी रोक्ने ११ तथा अन्य १२०३ गरी कुल १७२५ सवारी कारवाहीमा परेको महाशाखाले जनाएको छ । यो रेकर्ड हालसम्कै उच्च रहेको प्रहरीले जनाएको छ ।