पुर्वमा जम्दै बेगारी काँईला ( फोटोफिचर )
इटहरी १८,माघ । हाँस्य टेलिफिल्म मोफसलमा आज भोली निकै हिट भएको छ । मोफसलमा रहेको हिमशिखर टेलिभिजनबाट प्रसारित हाँस्य टेलिशृङ्खला “दोबाटे ”मा राम्रो सारै राम्रो भन्ने थेगो निकै हिट हुदै गईरहेको छ।
बेगारी काँईलोका भुभिकामा प्रस्तुत भएका बोधराज पौडेल “पुरुष”को अभिनयलाई दर्शकले निकै मन पराएका छन् । थेगो राम्रो सारै राम्रोका कारण बोधराज चर्चामा आएका हुन । जे भने नि राम्रो सारै राम्रो भन्ने थेगोले उन्को चर्चा चुलिएको हो ।
सानै देखि कलाकारितमा लागेका बोधराज कुनै बेला नेपाल टेलिभिजनको चर्चित टेलिशृङ्खला तितो सत्यमा समेत अभिनय गरेका थिए । तितो सत्यमा खासै ठाँउ नपाए पछि उनि सुनसरि हानिएका थिए । गीत लेखनमा समेत सकृय रहेका पौडेल निकट भविष्यमा रेर्कड गराउने सोच बनाएका छन् । जन्मस्तान सोलुखुम्बु जिल्ला सोताङ भई हाल सुन्सरी इटहरी बस्दै आएका छन् ।