गोपालप्रसाद पोख्रेल
विराटनगर, ४ माघ । चुरे संरक्षण क्षेत्रमा पर्ने जाँतेको तेलि खोलाबाट अबैध रुपमा ढुङगा तस्करी बढ्न थाले पछि समस्याहरु समेत देखिन थालेको छ ।
विराटनगर, ४ माघ । चुरे संरक्षण क्षेत्रमा पर्ने जाँतेको तेलि खोलाबाट अबैध रुपमा ढुङगा तस्करी बढ्न थाले पछि समस्याहरु समेत देखिन थालेको छ ।
बर्षेनी पहिलाको भन्दा बाढी तथा पहिरोको जोखिम बढिरहेको बेला जथाभावि ढुङगा निकाल्दा बर्खाको समयमा झन समस्या हुने गरेको स्थानियले बताएको छन् ।
कच्चि सडक रहेको जाँतेमा सडक छेउमा घर हुनेहरुलाई ट्रयाक्टरको धुलोले स्वास्थ्यमा समेत समस्या निम्त्याईरहेको छ । धुलोको कारण धेरै मानिस विरामी समेत पर्दै गएको स्थानियले गुनासो गरेको छन् ।
स्थानिय तेलि खोलामा हाल करिव ४० वटा ट्रयाक्टर द्धारा ढुङगा निकालेर स्टकमा राख्ने र पछि मोरङ, झापा, सुनसरीका साथै भारत सम्म निकासा गर्ने गरेको स्थानियले बताए ।
अस्थायी प्रहरी चौकी र बन कार्यलयले ढुङगा दहन हुदा मुक दर्शक भएर बसिदिदा ढुङगा माफियालाई सजिलो भएको पनि स्थानियले आरोप लगाए ।
खोला बाट ढुङगा निकासीमा नियन्त्रण नहुँदा वन क्षेत्र समेत कटान हुदै बगरमा परिणत हुन थालेको छ । खानेपानीको मुहान सुक्दै जानु र खोलाले धार परिवर्तन गरेर क्षेत्र ठुलो हुदै गएको छ । जथाभावि ढुङगा निकाल्दा दिन दिनै खोला स्थानियका लागि समस्या नै बन्न थालेको छ ।