Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गीति एल्वम "प्रयास" सार्बजनिक


नेपाली भाषी भूटानी युवा गीतकार राकेश काफ्लेको एकल शब्द/रचनाहरू अनि नवा उदायमान गायक रमेश कडेलको एकल आवाजमा विभिन्न भावमा संगृहित "प्रयास" गीति एल्वम 14th January 2017 मा अमेरिकाको Ohio राज्य अन्तर्गत Cincinnati सहरमा,"Barsha Best Performer 2016" को Grand Finale मा बिमोचन भएको छ। यस एल्वममा एक गजल र पाँच समसामयिक आधुनिक गीतहरू रहेको गीतकार राकेश काफ्लेले जानकारी गराउनु भयो।यस एल्वमलाई CDM Music Company ले बजारमा ल्याउन लागेको हो।
"यो सहर मैले छाडेपछि..","न्यूयोर्क सहरमा" र "तिम्रो लजाउने style बेग्लै" नामक गीतहरूमा संगीत साधना संगीतकार/गायक सी.डी बिजय अधिकारीले भरेका छन् भने संगीत संयोजन क्रमश किरण कडेल,उदयराज पौडेल र राजू कार्कीले गरेका छन्।"मुटु फोरी जानेलाई" गीतमा संगीतकार राजु कार्कीले संगीत भरेका छन् भने संगीत संयोजन बिष्णु अधिकारी गरेका छन्। त्यस्तै "डिम्पल गालैमा" बोलको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन् र "हर्रा बोटे साईली" बोलको गीतमा संगीतकार रमन गायकले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाले गरेका छन्,गीतकार राकेश काफ्लेले बताउनु भयो । 
काफ्लेको "तुलसी मन्जरी" ले झै "प्रयास"ले पनि सफलताको शिखर चुमोस्,सम्पूर्ण "प्रयास टिमलाई हाम्रो पनि अग्रिम शुभकामना।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget