काठमाडौं, १० पुस । ‘किन्डर गार्डेन ग्लोरी नेपाल–२०१७’ को उपाधि एञ्जल गुरुङले जितेकी छन् । शुक्रबार राजधानीमा जि–इलेभेन नेपालद्वारा आयोजित प्रतियोगितामा आफ्ना २० प्रतिस्पर्धालाई पछि पार्दै चेतना सदनमा अध्ययनरत एञ्जलले उपाधि जित्न सफल भएकी हुन् । उञजलले मस्ट ट्यालेन्टको उपाधिसमेत आफ्नो फेल्टामा पारिन् ।
विपना थापा र राजिव बलामीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा एञजेल खड्की बेस्ट स्माइल, दिव्या समाल बेस्ट डे«स, आकांक्षा श्रेष्ठ स्मार्ट चाइल्ड, रेयुन महर्जन बेस्ट पर्सनालिटी, आदित श्रेष्ठ स्माइल, युगेन लामा बेस्ट हेयर, सफलता खरेल बेस्ट वाक र विवेक तिमिल्सिनाले मस्ट एक्टिभको टाइटल उपाधि पाए ।
त्यस्तै, प्रतियोगितामा निष्ठा चौधरी डिस्पिल, शुभम भट्टराई मस्ट ह्याण्डसम, रिहना श्रेष्ठ मस्ट भर्सटायल प्रिज्मा न्यौपाने चार्मिङ, प्रिजल न्यौपाने फोटोजेनिक र शन्भी तन्डुकारले बेस्ट स्किन सब टाइटल पाए । प्रतियोगितामा कोरियोग्राफर जयन सुब्बा मानन्धर, नायिका महिमा सिलवाल, इन्जिनियर रामहरि फुयााल, युवा व्यवसाय किसन सिंह, र गायक आमिर देउजा निर्णायक थिए ।